काठमडौँ। राजेन्द्र महतो भारत गएका छन्।
उनी राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष हुन्।
उनी उपचारका लागि भारत गएका हुन्।
उनी आफ्नी श्रीमतीसँग गएका छन्।
पार्टीका महासचिव केशव झाले यो जानकारी दिएका हुन्।
केही मिडियाले गलत खबर फैलाएका छन्।
यसप्रति पार्टीले आपत्ति जनाएको छ।
उनका अनुसार महतोमाथि कुनै मुद्दा छैन।
उनको मोबाइल अहिले पनि चलिरहेको छ।
उपचारपछि उनी छिट्टै नेपाल फर्किनेछन्।