1800x1200_virus_3d_render_red_03_other-1-1


धनगढी ४ जेठ। कैलाली जिल्ला धनगढ़ी पमहानगरपालिकाका १९ ओटा वडा मध्ये १० नम्बर वडा बाहेक सबै वडामा अहिले संक्रमित रहेका छन्। आइतबारको तथ्याङ्क अनुसार उपमहानगरका २५ सय ६० संक्रमितमध्ये सबैभन्दा बढी ५ नम्बर वडामा ६ सय ६४ जना रहेको छन्। सबैभन्दा कम वडा नम्बर ९ मा ३ जना संक्रमित रहेका छन्।

धनगढीको १ नम्बर वडामा ३ सय ६० जना, २ नम्बरमा ३ सय ३७ जना,  वडा नम्बर ३ मा ३ सय २० जना, ४ नम्बर वडामा ३ सय १० जना, ६ नम्बर वडामा ७७ जना, ७ नम्बर वडामा ८४ जना र ८ नम्बरमा १ सय ४४ जना संक्रमित रहेका छन्।वडा नम्बर ११ मा १८ जना, १२ मा ३६ जना, १३ नम्बर वडामा ६२ जना, १४ मा २० जना, १५ मा ५ जना १६ नम्बर वडामा ११ जना, १७ नम्बरमा ५, १८ र १९ नम्बर वडामा क्रमशः ५० र १४ जना र वडा नखुलेका ५९ जना कोभिड संक्रमित रहेको जनाइएको छ।धनगढीमा कोभिड भएर मृत्यु भएका ६५ जना मध्ये ४२ जना पुरुष छन् भने महिलाको संख्या २३ रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ