काठमाडौँ,६ जेठ । प्रधानमन्त्री केपी ओलीले मित्र राष्ट्र बेलायतसँग नेपाललाई आवश्यक खोप उपलब्ध गराउन आग्रह गरेका छन् । बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले बेलायती राजदूत निकोला पोलिटसँग यस्तो आग्रह गरेका हुन्।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विषयमा पनि छलफल भएको थियो । उक्त अवसरमा बेलायतले गर्दै आएको सहयोगका लागि प्रधानमन्त्रीले धन्यवाद दिएका थिए।यसअघि नेपाललाई भारत र चीन सरकारले कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराएका थिए।