सुख्खद, ७ जेठ । कैलालीमा लोपोन्मुख प्रजातीको सुनगोहोरो फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–९ स्थित दिपक गौतमको घरमा सुन गोहोरो फेला परेको हो।
सुनगोहोरो विश्वकै लोपोन्मुख प्रजाती भएकाले सो सुनगोहोरालाई उद्धार गरी सामुदायिक वन समन्वय समिति गौरीगंगा नजिकैको गौरीगणेश सामुदायिक वनमा छोडिएको जनाएको छ । गत बर्ष पनि गौरीगंगा ९ शंकरपुरमा सुनगोहोरो फेला परेको थियो । सुनगोहोरो नेपाल, भारत र बंगलादेशमा पाइने गरेको छ । पश्चिमटुडेबाट