101534058_868653326958842_7743657328372613120_n

छविलाल कोपिला

कतै राष्ट्र फूल-भमरा छ, कतै राष्ट्र-पुतली छ।

कतै बधाई शुभकामना, कतै श्रद्धाञ्जली छ।

बाँदर बारी पसेको हैन चौकिदार राखेको हो,

अाँख‌ै अगाडि सत्यनास भएको झल्झली छ।

हामी भन्यौं, यो वनमारा झार कसरी उम्रियो,

बा’ भन्नू हुन्छ बारीमा ढकमक्क मखमली छ।

डाडु र पन्यू हुनेहरू त अघाएरै खाएका छन्,

हुनेको भोको पेटमाथि पसिना खल्खली छ।

सिंह-आसन हुँदासम्म न हो, गर्जन ठूलो-ठूलो,

झरेपछि त उहीँ अाज बोकोको अाफै बली छ।

(लावा डग्गर साहित्यिक त्रैमासिकका प्रधान सम्पादक हुन)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ