1515556400pakrau-new-1
Advertisements

कञ्चनपुर ११ असार । भीमदत्त नगरपालिका–४, महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआईसी एशिया बैंकमा जडान गरिएको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२, दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार राति ८ः३० बजे जाँदा एटीएम मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो ।

तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ