199969088_955490055237963_6960810731283444309_n
Advertisements

असार ११ ।आज साँझ ८ बजे पाँचौ लघुकथा श्रृंखला जूम मार्फत कैलारी पोष्टको फेसबुकबाट लाइव  प्रशारण भएको थियो भने जंग्रार साहित्यिक बखेरीको आयोजना गरेको थियो । 

कैलारी पोष्टको सहकार्यमा निरन्तर प्रत्येक महिनाको पहिलो सोमबार फेसबुकबाट लाइव  प्रशारण हुनेछ । यो पाँचौ श्रृंखलामा अग्रज साहित्यकार  डा. कृष्णराज सर्बहारी समीक्षकको रुपमा उपस्थित रहेका भने साहित्यकार अंकर अन्जान यात्रीले “बाबक डगर”, डियर अबिरलले “सेकौंनी”, अनिल थारूले “मेहरा” र सन्देश दहित काम बिशेषले ज़ूममा आउन नसके पनि साहित्यकार गणेश बर्तमानको आवाजमा “दिउता” र बाँकीले आफ्नो लघुखिस्सा आफ्नो आवाजमा सुनाउनु भयो ।  साहित्यकार गणेश बर्तमानले सहजीकरण गर्नुभयो भने साहित्यकार मोती रत्नले कार्यक्रम  होस्ट गर्नुभएको थियो। समीक्षकको रुपमा आउनु भएका डा.सर्बहारीले सबैजसो लघु’खिस्सामा थारू परिबेस रहेको र समय अनुसार लेखनले धेरै पाठक पाउने चर्चा गर्नु भएको थियो।

यूट्यूब च्यानलहरु तिम्रो पर्दा, कैलारी टि.भि. निमाङ थारू मीडिया र गणेश  बर्तमानको यूट्युबमा हरेक हप्ताको बिहीबार अपलोड हुनेछन  भने यस कैलारी पोष्ट मार्फत उक्त थारू भाषी लघुकथालाई अक्षरमा पढ्न सकिनेछ।

यस श्रृंखलामा सहभागी हुनका लागी साहित्यकार गणेश बर्तमानको म्यासेन्जर तथा कैलारी पोष्टको म्यासेन्जर साथै ईमेल kailaripost@gmail.com र bartamanganesh@gmail.com मा लघुकथा पठाएर र ज़ूममार्फत  प्रत्यक्ष सहभागी हून सक्नुहुनेछ। श्रृंखलामा बाचन गरिएका सबै लघुकथालाई पिदिएफ पुस्तकको रूप दिएर अनलाइन प्रकाशन गरिने कैलारी पोष्टका सम्पादक मोती रत्नले जानकारी गराउनु भएको छ।

https://www.youtube.com/watch?v=2fgXAtP16kg

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ