1612607479-onN9x

एजेन्सी। बिश्वमा अनेक प्रतिभा भएका मानिसहरु छन् । धेरै मानिसहरुले आफ्नो पत्यार नलाग्ने कार्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि राखेका छन् ।

त्यस्तै एक महिलाले पनि आफ्नो अनौठो प्रतिभाले बिश्वलाई प्रभावित पारेकी छिन् । उनको अनुहार देख्दा धेरै मानिसहरु झुक्किन्छन् ।

लामो दारी परेरै चर्चा कमाएकी हारनाम कुरा एक मोडल हुन् । उनको लामो दारी देखेर पुरुष हुन की महिला भनेर धेरै झुक्किन्छन् ।

बेलायतकी मोडल कुराले लामो दारी परेरै गिनिज बुक अफ वल्र्ड रेकर्ड राखेकी छिन् । उनल ६ इञ्च लामा दाह्री पालेकी छिन् । उनी एक महिला हुन् तर अनुहारभरि पुरुषको जस्तो दाह्री जूगा छ । उनले आफ्नो लामा दारी अहिले विश्वभर चिनाइरहेका छिन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ