_118140791_gettyimages-1232399549
Advertisements

काठमाडौँ १२ सावन: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै प्रत्येक प्रदेशलाई कम्तीमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्‍न निर्देशन दिएको छ ।

निषेधाज्ञाका वावजुद कोरोना संक्रमण दर नघट्दा चिन्ता व्यक्त गर्न थालिएको छ । यसैबीच विज्ञहरुले पनि तेस्रो लहरको चेतावनी दिइरहेका छन् ।

यस्तैमा स्वास्थ्य मन्त्रालयले अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक, कन्सन्ट्रेटरहरु तयारी अवस्थामा राख्‍न पनि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

“भविस्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तीमा एक हजार अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ । मौजुदा सिलिन्डरहरु पनि खाली नाराख्नु हुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्जिन कन्सन्ट्रेटरहरु चालु र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ”स्वास्थ्य मन्त्रालयले भनेको छ । कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै विज्ञहरुले बारम्बार सचेत गराउँदैआएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ