Dirgha

धनगढी, १२ साउन। जाई–जाली सिचाई बाँध आयोजनाको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले सिचाई बाँधको उद्घाटन गरे । बाँधको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको राजधानी धनगढीको पुरानो क्षेत्र जाली रहेकोले यसैलाई दृष्ट्रिगत गरेर आयोजना निर्माण भएको बताए ।
परापूर्वकालदेखि परम्परागत नहर छदै थियो । जेठ÷बैशाखमा बेगारी गरेर कुलो बनाएर सिचाई गर्ने गरिन्थ्यो मन्त्री दीर्घबहादुर सोडारीले भने, ‘परम्परागत अवस्थालाई आधुनिक अवस्थामा रुपान्तरण हामीले गरेका छौ । यसबाट तपाईहरुले राम्रो लाभ उठाउनुहुनेछ ।’
‘हामीले लामो समयको संघर्षपछि संघीय लोकतान्त्रीक गणतन्त्र ल्याएका छौ । संविधान कार्यान्वयन गर्नुपर्ने छ । व्यवस्था परिवर्तन गर्नुको मूल उदेश्य हाम्रो जीवन पुरानो अवस्थाबाट नयाँ अवस्थामा अलि सहज बनाउँने, राम्रो बनाउँने अवस्थामा छा’ैं मन्त्री सोडारीले भने, ‘त्यसको निम्ति यसले कोशे ढुङ्गा सावित हुनेछ ।’ करिब १० करोड रुपैया लागेको छ । यो सानो रकम होइन् सोडारीले भने, थप यो आयोजनालाई सफल बनाउन, कार्यान्वयनका निम्ति प्रदेश सरकारको तर्फबाट, ‘मेरो तर्फबाट के आवश्यक पर्छ । तपाईहरुसंग हामी हातेमालो गर्न तयार छौ ।’

जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख डम्बर प्रसाद धितालले सुदूरपश्चिम प्रदेश सरकारको ९ करोड ४ लाख ५४ रुपैयामा सिचाइ बाँध आयोजना सम्पन्न भएको बताए । बि.स. २०७६ असोज २३ गते सम्झौता भइ २०७८ असोज २२ गते निर्माण सम्पन्न गर्ने गरी केएस रोयल जेभी सम्झौता भएको थियो डिभिज प्रमुख डम्बर प्रसाद धितालले भने,‘निर्माण कम्पनीले २०७७ असोज मै निर्माण सम्पन्न ग¥यो । डिभिजन प्रमुख धितालले नहरले तीन सय ७६ हेक्टर क्षेत्रफलमा सिचाइ हुने र सोबाट तीन सय ८० घरधुरी लाभान्वीत हुने बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले धेरै समयको प्रयासपछि नहर निर्माण सम्पन्न भएपनि अझै धेरै काम बाँकी रहेको बताए । ठूलो लगानीमा नहर बनेको छ वडा अध्यक्ष भागीराम चौधरीले भने, ‘तर, नहरको साइडमा तटबन्ध नबनाए लगानी खेर हुने चिन्ता बढेको छ ।’ पहिले पनि जाई, जाली, हसनपुर, तारानगरसम्म यही नगहर लाग्थ्यो चौधरीले भने, ‘उता वस्ती घना र खेती योग्य जमिन कम भएका कारण त्यताका मान्छेले संक्रियता देखाएन । हामी जाली बासीन्दाले लागेर निर्माण सम्पन्न ग¥यो ।’
जाई–जाली निर्माण समितिका अध्यक्ष रामप्रसाद चौधरीले २०६२ सालदेखिको प्रयास सफल भएको बताए । नहर निर्माणपछि स्थानीयहरुले धान र गहुँ खेतीभन्दा नगदे बाली खेती गरेर राम्रो आम्दानी गर्न सफल भएको बताए । एक कठ्ठामा धान, गहुँ लगाउँदा पाँच हजार आम्दानी हुन्थ्यो अध्यक्ष चौधरीले भने, ‘अहिले सोही क्षेत्रफलमा तरकारी खेती गर्दा १५ हजार बढी आम्दानी भएको छ ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ