IMG20210728121726

हसुलिया, १३ सावन। कैलाली जिल्लाको कैलारी गाउँपालिकाको पवेरा स्वास्थ्य चौकीमा अहिले कोरोना बिरुद्धको खोप लगाइदै छ।कोरोना को तेस्रो लहर बढेसंगै यस पवेरा स्वास्थ्य चौकीमा खोप संचालन भैईरहेको छ। कोरोना भाईरस बिरुद्धको खोप चाईनिज कम्पनि भेरोसेल नामक खोप लगाउदै छन्। शिक्षक,ड्राईभर, पत्रकार, एनजिओ,आईएनजिओमा काम गर्ने, उमेरको हकमा ५४ बर्ष देखि ६० बर्षका र ६०बर्ष उमेर भन्दा माथीका  खोप लगाउन छुटेका  सबै लाई कोरोना भाईरस बिरुद्धको खोप लगाएको छ।र  फ्रन्ट लाईनमा काम गर्ने सबै कर्मचारीहरुलाई अहिले यो खोप लगाउदै छौ भनेर स्वास्थ्य चौकीका सि.अहेब.श्री नत्थु राम चौधरीले बताउनु भयो।

अहिले पबेरा स्वास्थ्य चौकी मा यतिखेर खोप लगाउनेको भिड् रहेको छ। सि. अहेबले थप भन्नु भयो ” कोरोना बिरुद्धको खोप ३००डोज छ जस्मा आज बुधबार बाट लगाउन सुरु(१३ -१७)गरेका छौ “। यो खोप रहे सम्म  हामी १७ गते सम्म लगाउछौ ।”
कोरोना भाईरस बिरुद्धको खोप  लगाउन लाई परिचय खुल्ने प्रमाण नागरिकता, भोटरकार्ड, देखाई र दर्ता गराई खोप कार्ड बनाएर तुरुन्तै यो खोप लगाउन सकिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ