942737_188815817940316_1815375883_n
गौरब पोखरेल

 कक्षा :९

श्री कनकाई उच्च मा. वि

 सुरूङ्गा-५,झापा

अहो ! आज फेसबुक चलाउँदा, खानै विर्सिएछ !
मिठो चट्नीसँग खाना खाँदा, दाँत माझ्नै विर्सिएछ !

अहो ! आज गफ गर्दा गर्दै सारै थाकिएछ !
गफले लट्याएपछि झन् भोक प्यास नै विर्सिएछ !

अहो !आज भौतारीदै हिड्दा टाढौ पो पुगिएछ !
रमणिय इलाम देखेँछु ,घर फर्किनै विर्सिएछ !

अहो ! हिजो वेलुकी लेख्दा लेख्दै पाना सबै रित्तिएछ !
रात छिप्पिएछ ,कलमको बिर्को त लाउनै विर्सिएछ !

अहो ! आज पत्रिका पढ्दा पढ्दै विद्यालय जानै छुटेछ !
नेताले भाषण गर्दा गर्दै सविधान लेख्नै विर्सिएछ !

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ