कैलारी

हसुलिया, १६ सावन । शुक्रबार कैलारी सहकारी संस्थाले आफ्नो नयाँ भवनको उद्धघाटन गरेको छ । वि.सं. २०७६ सालमा स्थापना भएको कैलारी सहकारी संस्था लिमिटेडले स्थापनाकाल प्रश्चातको २ वर्षमा आफ्नै भवन निर्माण गरेको हो ।

संस्थाका अध्यक्ष बतासु चौधरीले भने, ‘विगतका दिनमा भाडाको भवनमा रहेर दैनिक कार्य सम्पादन गर्दा असहज भएको थियो अव भने आफ्नै भवन निर्माण भएपछि थप उर्जा मिलेको छ ।’ ‘ अध्यक्ष चौधरीले आफुहरु किसानको सहायता र उत्पादनलाई महत्व दिँदै नाफामुखी भन्दा बढी परिणाममुखी रहने बताएका छन् ।

संस्थामा अहिले २६४ जना सेयर सदस्य रहेका छन् । स्थापना कालपछि दुई वर्षको अवधिमा ऋण तथा बचतको कार्यक्रम, मुख्यमन्त्री नमूना कृषि गाउँ धान कार्यक्रम जसअन्तर्गत किसानहरुलाई अनुदानमा पावर र्टिलर २५ थान, मोटर २५ थान, धान काट्ने मेसिन, पम्पसेट, औषधि छर्ने ट्याकिं तथा बिउविजन वितरण गर्ने कार्यक्रम सम्पन्न गरिसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ