काठमाडौ, २६ सावन। टिकापुर थरुहट थारुवान बिद्रोहको अन्तरक्रिया कार्यक्रम काठमाडौमा सम्पन्न भएको छ ।
थरूहट थारुवान राष्ट्रीय मोर्चाको केन्द्रीय संयोजन समितिको आयोजनामा समानता, न्याय, अधिकारका लागी तथा दासता बिरुद्ध टिकापुर थरुहट थारुवान बिद्रोहको ६ बर्ष पुरा हुँदा पनि अझै थारू समुदाय न्यायको प्रत्याभूति गर्न नसकेको कुरा सहभागी बक्ताहरुले बताएका छन ।
बृहत अन्तरक्रियामा माननीय चन्द्राकान्ता चौधरी, पूर्बराजदूत बिनयकान्त कर्ण, राजनितिक बिश्लेषक तथा लेखक युग पाठक, बृहत नागरिक आन्दोलन अभियन्ता रीता परियार, थरूहट थारुवान राष्ट्रीय मोर्चाको सल्लाहकार सुरेन्द्र चौधरी र भानु राम थारू साथै थरूहट थारुवान राष्ट्रीय मोर्चाको प्रबक्ता मिन राज चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए भने युवा कवियित्री दिब्या प्रयासीले कविता सुनाउनु भएको थियो। कार्यक्रम श्रवण चौधरीको सभापतित्वमा सम्पन्न भएको हो।
मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । त्यसै गरि भदौ १ गतेदेखि माइतीघरमा प्रदर्शन गर्ने र भदौ ६–७ गते कैलालीमा विद्रोह दिवस मनाउने घोषणा गरेको छ ।