कन्चनपुर, २७ सावन । कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-४, किचाही सिबिरमा हात्तीहरुको त्रास दिन-दिनै बढ़न थालेको छ।
करिब ३० देखि ४० संख्यामा रहेका हात्तीका समूहले राती-राती गाउँ छिर्ने गर्छन। रात भरी धान खाने गरेका छन र बिहान भए पछि जङ्गल तिर भाग्ने गरेका कुरा स्थानीय किसान जीवन चौधरीले बताउनु भयो। यसरी बल्ल-बल्ल रोपाई गरीएको खेतमा भएको धान बाली नै स्वाहा गर्न थालेपछि किसानहरु चिन्तित भएका छन। स्थानीयहरु धान बाली जोगाउनको लागी आगो बालेर बस्ने, थाल ठटाउने, होहल्ला गरी पनि धपाउन नसक्दा स्थानीयहरु सहयोगको लागी वार्ड नम्बर ४ को कार्यलयमा निवेदन लेखेका छन।
ती हात्तीका बथानबाट धान बालीको क्षती गरे पनि जनको भने अहिले सम्म कुनै पनि क्षति नभएको स्थानीयहरुको भनाइ छ। तर हात्तीहरु राती-राती आउने भएकाले जङ्गल किनारमा रहेका मानिसहरुलाइ डर, त्रास भने निकै बढेको कुरा खेमराज चौधरीले बताएका छन।