151492495_245129287095650_1476668850765899903_n
Advertisements

कैलारी पोष्ट संबाददाता ९ फाल्गुन। कैलारी जिल्लाको कैलारी गाउँपालिका वार्ड न. ३ मोहनपुरमा थारू साहित्यिक कार्यक्रम यहि २१ गते हुने भएको छ।

थारू भाषा साहित्य संरक्षण तथा संबर्धन गर्न एक दिने कार्यक्रमको आयोजना हुने भएको छ। थारू भाषा, लोक साहित्य, मांगर, धमार, बत्कोही लगायतका पुर्खेनी साहित्य जुन थारू पुर्खाहरुसंगे लोप हुदै जाने भएकोले त्यसको संरक्षणमा केही टेवा पुगोस भनी सो कार्यक्रम हुन लागेको हो। सो कार्यक्रम मोहनपुर गाउँ समाज तथा हर्चाली त्रैमासिकको आयोजनामा हुने भएको हो साथै मिडीया पाट्नरमा कैलारी पोष्ट, निसराउ साप्ताहिक रहेका छन। सो साहित्यिक कार्यक्रममा कैलाली जिल्लाको धनगढी, टिकापुर, कन्चनपुर, बांके-बर्दिया तथा दाङ जिल्लाका बिभिन्न बिधाका साहित्यकारहरु आउने कुरा सागर कुश्मीले जानकारी गराएका छन। आजको बसेको बैठकमा मोहनपुर गाउँका भलमन्सा रामु चौधरी तथा गाउँका बुद्धीजिविहरु सुनिल चाैधरी तथा निसराउ साप्ताहिकका सम्पादक सागर कुश्मी, कैलारी पोष्टका सम्पादक मोती राम चौधरी “रत्न” लगायतको उपस्थितिमा रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ