240949641_521550392243169_282626863724917592_n

हसुलिया, १७ भदौ।  थारु समुदायहरुले हस्तकला, सिपकलामध्ये गोनबाट बनाईने गुन्द्री र परालबात बनाइने खर्रा लोप हुदै गएका छन।

थारु समुदाय विभिन्न हस्तकला, सिपकला, सँस्कृतिको धनी समुदाय हो। थारु समुदायले हस्तकाला, सिपकलामा पहिल्यै देखि नै लगनशिल, सिपालु मेहनती हुन्छन भन्ने कुरा मा दुई मत छैन?

तस्बीर: दीपक चौधरी (सिरिस देबी चौधरीले बनाएको डेलुवा)

थारु समुदायहरुले हस्तकला, सिपकलामध्ये गोनबाट बनाईने गुन्द्री पनि एक हो। गुन्द्री गोनबाट तयार गरिन्छ। गोनलाई काटेर सुकाई सकेपछि नरम र लचिलो हुन्छ। यसरी नरम र लचिलो गोनबाट आफुले चाहेको साईज, आकारमा गुन्द्री, हाते पंखा बनाउन सकिन्छ। थारु समुदायबाट गुन्द्री लोप हुँदै गरेको पनि दुखेसो सुनाउँछन। थारु समुदायमा गुन्द्री किन र के कारणले लोप हुँदै गईरहेको छ भन्ने प्रसंङ्गमा धनगढी उपमहानगरपालिका ५नं.वडा को महिमा टोलका ३६ बर्षिय बिर’बहादुर चौधरीका अनुसार थारु समुदायमा सिपालु ब्यक्ति धेरै छन तर कच्चा पदार्थ गोन पाउन नसकेको साथै प्रायजसो प्लास्टिकको गुन्द्री बढी प्रचलनआएकोले लोप भैरहेको छ।

तस्बीर: दीपक चौधरी (सिरिस देबी चौधरी गुन्द्री बुन्दै)

धनगढी उपमहानगरपालिका ५नं.वडाको जाइ गाउँका ४६ बर्षिय सिरिस देबी चौधरीले १/२ दिनमा अाफुले एउटा खाटमा ओछ्याउन मिल्ने गुन्द्री बनाएकाे अनभब सुनाउनुभयाे। उनलेे अगाडी थप्नुभयो सानो- सानो गुन्द्री (पटकी), हाते पंखा, ढकिया, पैंन, नुँइया, डेलुवा आदि बनाउने गरिन्थ्यो। हामी उहाँको घर पुग्दा उहाँ गुन्द्री बनाउन ब्यस्त हुनुहुन्थ्यो। आफ्नै हातले बनाईका ढकिया, पैंन, नुँइया, डेलुवा जस्ता सामानहरु सुरक्षितसाथ प्लास्टिकले बेरेर राखेको निकालेर देखाउँदै ख़ुशीसाथ देखाउदै थिएन । किन यति धेरै बनाउनु भएको बेच्न मिल्दैन भन्ने प्रश्नमा “दुई जना छोरीहरुको विबाह गर्न बाकी छ त्यसैले बिहेमा छोरीलाई दिनको लागी बनाएको, बचन मिल्दैन” भन्नु भयो ।

तस्बीर: दीपक चौधरी (सिरिस देबी चौधरी गुन्द्री बुनिसकेपछि धेरै भएको भागलाइ काट्दै)


मेसिनले कम लागत, मेहनतमा काम छिटोछरिटो हुने भएकोले मान्छेहरु सब मेसिनले काम गराउँछन, जस्ले गर्दा हामी दिनदिनै अल्छी हुँदै गैरहेकाछौ । यो अल्छिपनाले गर्दाले नै थारु समुदायको घर-घरमा बस्ने गुन्द्री र खर्राको सट्टामा अाधुनिक कुर्सी, मुढा, शोफासेट, टेवल प्रयोग गरिरहेछन।

तस्बीर: प्रबीन बौखही (वीर बहादुर डगौरा जाल बुन्दै)

कैलारीकाे बैजपुरका थारु पुर्खा माछा मार्ने जाल बुन्दै गरिएको कुराकानीमा वहाँकै भाषामा “जे हाट डारि, जे हाट लगाई ओहे करि हरचाली”? विभिन्न हरचालिमा (सीप ) मा सिपालु थारु पुर्खा कैलारी गाउँपाफिकाकै ७७ बर्षिय श्री वीर बहादुर डगौराले विभिन्न हरचालीमा सिपार डक्खल हुनुहुन्छन। वीर डगौरा अहिले बुढेसकाल लागे पनि माछा मार्ने ढरिया, सुप्पा, डिल्या, छिटुवा, डेला, खैचा, जाल, हेल्का बनाउँछन। थारु समुदायमा बेर्री लोप हुँदै जानुको कारण पनि जो मान्छे कुनै सीप हरचालिमा मनै देखि त्यसमा हातै लगाउँदैनन भने कसरी सीप सिक्छन? पहिले पहिले थारुको घरमा जो कोहि पनि पहुनि(पाहुना) बस्न आएमा बेर्रीमा बस्न दिने गरिन्थ्यो तर अहिले बेर्रीको सट्टा फेसन फेसनकाे कुर्सी ,टेबल, शोफासेटमा बस्नलाई स्वागत गर्ने दिन आईसकेको छ।

तस्बीर: प्रबीन बौखही

आधुनिक ऐसआरामले जिबनयापन गर्ने गरेकाले अबको युवा पिढिले हरचाली तर्फ कुनै मतलब राख्ददैन, हात नै नलगाएकोले थारु समुदायकाे घरबाट बेर्री लोप हुदैछ, हराउदै गैरहेको छ। उहाँले अगाडी थपे म यति बूढो छु तैपनि राति ४ बजे जब निन्द्रा खुल्छ, त्यति बेलै नै ओछ्याजमा उठेर जाल, हेल्का बुन्न सुरु गरिहाल्छु। बुढो मान्छेकाे निन्द्रा छिट्टै खुल्छ, हरचाली गरेर समयको सदुपयोग गर्छु । अहिले पनि मैले बनाएको बर्री घरमा ६/७ थान छ। मेरो छोरा, नातिलाई पनि बेर्री बनाउन सिखाएको छु। म मरेर गए पनि आफुमा भएको सीप छोरा, नाति, गाउँलेलाई सिकाएकोमा धेरै खुशि छु। यसरी नै सबैले आफ्नो घर समाजमा विभिन्न हरचाली बनाउनमा प्रेरित गरेमा थारु समुदायको संस्कृति, पेशा, सीपको रक्षा बचावत हुने थियो? तर अब आउने युवापुस्ताले यो सब सीपमा हात नराख्नाले बेर्री लगायत अरु सिपहरु धराप तथा लोप हुँदै छन भनेर दुखेसो पोखे।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ