थारू जाति नेपालको जनजाति अन्तर्गत पर्दछ। यो जाति जहिले पनि राज्य सत्ताबाट अपहेलित तथा अपेक्षित जाति हो । तथापि ईतिहासको बिभिन्न कालखण्डमा भएको राजनितिक आन्दोलन र यसले ल्याएको परिबर्तनसंगे यस समिदायले आफ्नो भाषा,सस्कृति, कला, साहित्य, गीत, संगीत तथा पहिचानलाई तीब्र रूपले गर्दै त्यसको संरक्षण तथा संबर्धन तथा उत्थानको लागी सक्रीय भूमिका निर्बाह गर्दै आएको छ। यस कुरालाई एक्दमै सकारात्मक तरीकाले लिनू पर्दछ। यसै सन्दर्भमा थारू भाषा साहित्य, कला, सस्कृति, गीत, संगीत इत्यादिको उत्थानको निमित्त केन्द्रीय रुपमा थारू भाषा साहित्यका धुर खम्बा डा. कृष्णराज सर्बहारीको संयोजकत्व थारू लेखक संघ गठन भएको छ। हाल आएर थारू लेखक संघ नेपाल बिधिवत रुपमा २०७५ फाल्गुन २५ गते सीताराम चौधरी ज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भैसकेको छ। थारू भाषा साहित्य, कला, सस्कृतिको अध्ययन अनुसन्धानतथा लेखन तथा प्रकाशनलाई आफ्नो मुख्य उदेश्य ठहराउदै यसले प्रत्येक बर्ष थारू साहित्य सम्मलेन गर्दै आईरहेको छ।
थारू लेखक संघमा हालसम्म ४७ जना सस्थापक सदस्यहरु छन भने उयासले थारू भाषा साहित्यमा एक्दमै महत्वपूर्ण योगदान गर्ने स्रस्ता लेखक साहित्यकार पुरस्कृत गर्नका लागी २ लाख ३५ हजारको अक्षय कोषको स्थापना समेत गरेको छ। यसै अक्षय कोष मार्फ़त पुरस्कार प्रदान गर्नका लागी थारू साहित्य पुरस्कार निर्देशिका-२०७७ पनि निर्माण गरी २०७७ साल चैत २१ र २२ गते सुर्खेत को बिरेन्द्रनगरमा आयोजित पाचौ राष्ट्रीय थारू साहित्य सम्मलेनमा थारू कथा बिधाका उज्जवल उर्बर युवा कथाकारद्वारा लिखित “गैयर्वा बुदुक खिस्सा ठाँर्हा” लाई पहिलो पटक साहित्य पुरस्कार -२०७७ द्वारा सम्मान गरिएको छ’। यसको राशि ११ हजार ११ सय ११ रुपैया रहेको छ। यसको राशी प्रत्येक बर्ष बृद्धि गर्दै जाने पनि लेखक संघको योजना रहेको छ।
थारू लेखक संघले राष्ट्रिय थारू साहित्य सम्मलेनको सुरुवात संगसंगे मानक थारू भाषालाई मुख्य सवालको रुपमा चर्चामा ल्याएको छ र यसको बिषयमा हरेक साहित्य सम्मेलनमा घनीभूत रुपमा छलफल गर्दै आएको छ यद्दपि निष्कर्ष भने निस्कन सकेको छैन। कुनै पनि भाषालाई सर्बमान्य बिबादरहित बनाउने कुरा खेलाचीको बिषय भने पक्कै होइन। मानक भाषा निर्माणका लागी हरेक दृष्टीकोणले सबै पक्ष संग छलफल, बिचार बिमर्स गर्नुपर्ने हुन्छ, यसले ल्याउने प्रमुख असरहरु बारे पनि ख्याल गर्नुपर्ने अति आवश्यक हुन्छ। लामो गन्थन मंथन, अटूट मेहनत, अध्ययन अनुसन्धान पश्चात मात्र कुनै पनि भाषाको टुंगो लाग्छ। यदि हचुवाको भरमा मानक भाषा लाडन खोजियो भने भाषिक एकता हुनुको सातो फुटको रेखाहरु देखा पर्छन र अंततः भाषिक, सामाजिक, सदभावमा समेत खलल पुग्न जान्छ। नजर अंदाज नगरिकन अझै ब्यापक घनीभूत रुपमा छलफल चलाई यसको टुंगो लगाउनु पर्ने कार्यमा गम्भीर हुनुपर्ने देखिन्छ। राष्ट्रिय थारू सम्मलेन मात्र सम्मलेनमा मात्र सिमित हुनु हुदैन।
थारू लेखक संघ नेपालले जून रुपमा मानक भाषालाई चर्चामा ल्याएको छ, त्याही रुपमा आगामी दिनमा यसले साहित्यिक आन्दोलनलाई मुखरित गर्नुपर्ने आवश्यक देखिन्छ। यसो लेखिरहद कतिपयलाई अनौठो लाग्न सक्छ। थारू भाषा साहित्य तथा साहित्यिक आन्दोलन किन आवस्यक छ भने थारू जाति तथा समुदाय शिक्षा,स्वास्थ्य, प्रशासनिक, राजनीतिक आदि बिबिध पक्षमा पछाडी रहेको छ। पछाड़ी पर्नुको मुख्य कारण राज्यसत्ता तथा राजकीय स्वरुप हो यसको साथ साथै थारू समुदायमा रहेको पुरानो सोच, सस्कृति , रितिथिति आदि पनि उत्तिकै महत्वपूर्ण कारण हून। थारू समुदायमा जबसम्म बिचार र सस्कृतिमा बदलाब आउदैन तबसम्म थारू समुदायमा परिबर्तन र बिकाश हुन सक्दैन। तसर्थ थारू समुदायको बिद्द्यमान गलत सस्कृति तथा बिचारलाई परिवर्तन गर्नका लागी पनि थारू साहित्यिक आन्दोलनको आवश्कताको महसूस गर्न सकिन्छ।
यसको लागी साहित्यिक आन्दोलनका लागी नेटृतवदायि भुमिका निर्वाह गर्न सक्नुपर्छ। आन्दोलनको स्पष्ट खाका र योजना निर्माण गरी अघि बढन सक्नुपर्छ एकबर्षीय, दुईबर्षीय, त्रीबर्षीय वा पञ्चबर्षीय के कसरी हुन्छ? योजना निर्माण गरी ससक्त ढंगले अगाड़ी बढ़न सक्नुपर्छ। साहित्यिक गतिबिधिहरु मार्फ़त थारू समाज र सस्कृतिको उत्थान र परिवर्तन गर्न सकिन्छ । थारु साहित्यिक आन्दोलन मार्फ़त थारू समाजको कचाराहरू सफा गर्नुपर्छ् । थारु समुदायभीत्रको बिकृति तथा आयतित कुप्रथालाई रोक्न सक्नु पर्दछ । यो कार्य कठिन भएपनी असम्भव पक्कै छैन । अहिले सम्मको अभ्यास तथा अनुभवको आधारमा थारू मानक भाषा बाहेक अन्य बिषयमा खासै गहन रुपमा छलफलको बिषय उठाइएको छैन। यसर्थ आबको दिनको थारू लेखक संघले साहित्यिक आन्दोलनको बारेमा ध्यान दिनु आवश्यक छ । यो आन्दोलन मार्फ़त राजनीतिक चेतना ल्याई थारु समाज परिवर्तन र बिद्रोहको जग बसाई थारू आन्दोलनको बाताबरण सृजना गर्न सक्नु पर्दछ । बर्तमान साहित्य लेखन तथा गायन केवल कमसल सृन्गारिकताको भूल भुलैयामा सिमित रहेको पाइन्छ। जसले थारू समाजलाइ उभोतिर होइन तर उधो पथमा लगिरहेको छ। थारू युवा युवतीहरु यसैको घनचक्करमा फसिरहेका छन। जसले थारू समुदाय निकट भविष्यमा थारू समुदाय बिकराल समस्या भोग्नुपर्ने निश्चित छ । केही समयका लागी भए पनि थारू समाजलाई परिवर्तन गर्नका लागि थारू साहित्य र गीत संगीत आउनु पर्छ ।
माथी उल्लेखित थारू समुदायको पहुच पुर्याउनका लागी थारू साहित्य सेतुको रूपमा भूमिका निर्बाह गर्न सक्छ। जस्तै थारू साहित्य लेखक सर्जकहरुलाई सम्मान, उत्साह तथा भलोको लागी यस सस्थाले अक्षयकोष खड़ा गरी सम्मान गरी सकेको सन्दर्भमा कति पय थारू अगुवाबाट अर्को थारू पुरस्कारको लागी आर्थिक संकलनको महाअभियान चलाएको देखिन्छ । यो कुरा थारू साहित्य र समाजको लागी सुभ संकेत भने पक्कै होइन । थारु साहित्यकारहरुलाइ सम्मान दिनका लागी अक्षय कोष स्थापना भैईसकेको खण्डमा त्यही प्रयोजनको लागी आर्थिक संकलनको महाअभियानको कुनै जरुरत छैन जस्तो लाग्छ। किनभने टूटफुट भएर टुक्राटुक्रा पुरस्कार दिनुभन्दा एकजूट भएर समग्रमा ठुलो राशिको पुरस्कार दिनुमा नै थारू साहित्य र थारू साहित्यकारहरुको लागी उत्तम हुनेछ। यस कुरालाई थारू साहित्य संघले गंभीरता पुर्बक सोच्नु पर्छ र सम्बन्धित ब्यक्तिलाई प्रष्ट गर्न सक्नुपर्छ। यो बिषय पनि थारू लेखक संघको ठुलो चुनौतीको रुपमा उब्जिएको छ । यस्ता-यस्ता जल्दाबल्दा समस्याहरुको निराकरण उचित रूपले ब्यबस्थापन गर्न सकेमा मात्र थारू लेखक संघको सुनौलो भबिष्य देखिन्छ यसको साथसाथै बिज्ञान प्रबिधिसंग जोडीन नसक्नु पनि संघको ठुलो चुनौतीको बिषय बनेको छ । परिवर्तित समय, अवस्था र परिस्थितिको मागसंगै आफ्ना साहित्यिक कार्यक्रमहरु संचालन गर्न सकेको छैन । फलस्वरूप यस सस्थाको मूल मर्म र उदेश्यहरु प्राप्त हूनसकेको छैन। र खोजे जस्तो साहित्यिक जस प्राप्त गतं सकेको छैन। आदि इत्यादि गुनासा चुनौतीहरुलाई पार गर्न सक्नुमा नै यसको भबिश्यको बाटो तय गर्नेछ ।
(लेखक थारू लेखक संघ कैलालीको सहसचिव हुन)