धनगढी, १२ असोज/ सुदूरपश्चिम प्रदेशको राजधानि सहर धनगढीमा पछिल्लो समय सवारी दुर्घटनाका घट्ना बढ्दै गईरहेका छन् । बढ्दो सवारी चाप र कमजोर ट्राफिक व्यवस्थापनले सवारी दुर्घटनाका घट्ना बढेका हुन । धनगढीमा हुने सवारी दुर्घटनामा ई–रिक्साहरु प्रमुख कारण मानिदै आएका छन् ।
सवारी साधनको चापले दिन प्रतिदिन सडक साघुरो हुदै गईरहेको बेला पछिलो समयमा तीन पाङग्रे ई–रिक्साहरु कारण थप समस्या उत्पन्न हुदै आएका छन् । विद्मुत बाट चल्ने ई–रिक्साहरु जथाभावी बिच बाटोमा रोक्ने, ट्राफिक नियम विपरीत सवरी कुदाउने कारण सडक जाम र दुर्घटनाको स्थानियको भनाई छ ।
सवारी चालक अनुमती पत्र बिना सवारी (ई–रिक्सा) हरु चलाउने कारण सवारी दुर्घटनाको प्रमुख कारण बन्दै गएको स्थानिय कविन्द्र बोगटीले बताए । चालक अनुमती नभएका ई–रिक्सा चालकहरुमाथि निगरानि गर्नुपर्ने उनले बताए ।
धनगढी भित्रका मात्र नभएर धनगढी बाहिरका ई–रिक्साहरु बढी चलिरहेको र सडकमा भिडभाड बढी भएका कारण दुर्घटना बढेको ई–रिक्सा चालक विर बहादुर कामीले बताए । सम्बधित निकायले ई–रिक्साहरुलाई नियमन गर्नुपर्ने कामीले बताए ।
धनगढीमा ई–रिक्साको संख्या धेरै भएको र ई–रिक्साहरुलाई रुट परमिटको आधारमा चलाउन पाउने, सिमित संख्यामा ई–रिक्साहरु चल्न पाउने नियम बनाउनु पर्ने धनगढीका अर्का ई–रिक्सा चालक प्रकाश बुढाले बताए ।
ई–रिक्साले गर्दा दुर्घटनाको जोखिम धेरै बढाएको जिल्ला ट्राफिक कार्यालय धनगढीका प्रमुख विरेन्द्र बहादुर बोहराले बताए । उनले ई–रिक्साको संख्या लगभग १ हजारमाथि भएकोले नियम गर्न समेत नसकीएको स्विकार गरे । अत्याधिक रुपमा दर्ता भएका अटो रिक्साका कारण सडक साघुरो हुदै गएको र ुदर्घटनाको उच्च जोखिम बढेको उनको भनाई छ । दुर्घटना रोक्न जनचेतना जगाउने, दुर्घटना न्युनिकरणका लागी विभिन्न कार्यक्रमहरु गर्दै आएको भएपनि कार्यान्वयन नभएको उनले बताए । उनले भने ‘अब दृर्घटना न्युनिकरण गर्न नयाँ दर्ता रोक्ने, अटो व्यवसायीहरुलाई वैकल्पीक रोजगारको व्यवस्था गर्ने र सरोकार निकायहरुले रुट तोक्ने नियमहरु लागु भए दुर्घटना कम हुन्छ ।’
ई–रिक्साहरुले रुट पाएका स्थानिय तह भन्दा बाहिर गएर यात्रु ओसार पसार गर्न पाइदैन् । तर धनगढीमा भने अन्य स्थानिय रुट पाएका ई–रिक्साले धेरै चलेको पाएको छ । यस विषयमा सम्बन्धित निकायले ध्यान हुनु जरुरी छ ।