निजी
Advertisements

सुखड ०९ असोज। कैलालीको घोडाघोडी नगरपालिका भित्र रहेका सामुदायिक बिधालयमा कार्यरत निजी श्रोतमा कार्यरत शिक्षकहरु आन्दोलित भएका छन । नगरपालिका अन्तरगतका बिभिन्न सामुदायिक बिधालयमा कार्यरत निजी श्रोतका शिक्षक तथा कर्मचारीहरु नगर शिक्षक बनाउनुपर्ने माग गदै आन्दोलित भएका हुन । उनिहरुले नगर शिक्षक बनाउनुपर्ने माग सहित घोडाघोडी नगरपालिका लाई ज्ञापन पत्र बुझाउदै असोज १४ गते सम्मको अल्टिमेटम दिएका छन ।
शनिबार निजी श्रोत शिक्षक संगठन घोडाघोडी नगर समितीले नगरपालिका भरीका सामुदायिक बिधालयका ब्यबस्थापन समिती, शिक्षक अभिभाबक संघ , शिक्षक संघ संगठन र महासंघका प्रतिनिधी तथा बिभिन्न राजनितीक दलका प्रतिनिधी संग छलफल गरेका छन । बिभिन्न सरोकारवालासंगको छलफलमा आफना माग प्रति उनिहरुले प्रतिबद्धत्ता जनाएको निजी श्रोत शिक्षक संगठन घोडाघोडी नगर समितीका अध्यक्ष मान बहादुर ढुङ्गालले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ