FB_IMG_1634869214450

धनगढी, ८ कार्तिक/ कैलारी गाँउपालिका वडा न.७ छोटकी बसन्तकी सीता चौधरीले ढाई विगाहमा लगाएको धानको अब जमिन मुलीलाई के दिने भन्ने चिन्ताले पिरोली रहेको छ । चौधरीले ढाई बिगाह जमिन मालिक संग अधियामा धान लगाएकी छन् । यसपालीको बेमोसमी बर्षाले उनको खेतको धन पुरै भिजाएर नष्ट गरेको छ ।

‘अब जमिन मालिकालाई के दिने आफ्नो मेहनत कसरी असुल हुन्छ’ चौधरीले दुखित हुदै भनिन्–‘हाम्रो खनजोत र मलको रकम पनि असुल हुदैन’ उनी जस्तै कैलाली कञ्चनपुरमा धेरै किसानहरु अधियामा खेती गर्ने गर्दछन् । सिताले २ विगाह खेतमा अधियामा धन लगाएकोमा सबै पानिले भिजाएर नष्ट परिदिएको छ । ५ कठ्ठा जमिनको धान भिजेर सबै उम्रिएको छ उनले भनिन् ।

सुदूरपश्चिममा असार ३१ गतेबाट आएको बेमौसमी बर्षाले कैयौन किसानको भविश्य अन्योलमा परेको छ । तिन दिन परेको ब्यमौसमी वर्षाले अधियामा धान लगाएका किसान सबै भन्दा बढी समस्यामा परे ।सिता जस्तै पिडित कैलारी गाउपालिका ७ भुईयाफाटाका चन्द्र चौधरी पनि छन् । उनको त धानबाली सहित घर समेत बगाएको छ । डेढ विगाह जमिनमा लगाएको धान पुरै कटैनि नदीले बगाईदिइएको छ । चन्द्र चौधरीको पनि बेमौसमी वर्षाले धान कुहिएर खेतमा उम्रिएको छ । धान, पराल कुनै पनि काम नलाग्ने भएको छ । उनलाई गर्दा परिवारमा भोकमरि हुने चिन्ताले सताएको छ ।

‘खेतमा लगाएको धान सबै पनिले बिगा¥यो’ आफ्नै बालबच्चा पाल्न घरबार चलाउन मुस्कील हुन्छ यसपाली जमिन धनीलाई के दिने चन्द्र चौधरीलाई यो बिषयले निर्क पिरोलीरहेको छ । अघिल्लो बर्षमा उत्पादन भएको धान आधा मालिक र आधा हामी (किसान) भाग लगाएर राख्थ्यो, यसपाली त शुन्य बनायो । यस बर्ष अधिया किसानको धान बेचेर मलखाद र विउ पनि नआउने भएको छ । उनीहरु यही धनबालीको उत्पादनलाई बिक्र गरेर हिँउदे बाली (गहु) खेती गर्ने प्रचलन अधिया किसानको रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ