ppp2021-10-26-05-08-28

धनगढी,९ कात्तिक । कैलालीको गौरीगङ्गा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी छिन् ।

ad
उनले यस्तो अभिव्यक्ति दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गौरीगङ्गा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि दुई पार्टी नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) बिच विवाद भएको छ। एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ प्रशासनले ठुलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरेको छ ।

सुरक्षाको लागि खटिएका प्रहरीसँग कुराकानी गर्दै उपमेयर चौधरीले भनिन् “भोलिका दिनमा यहाँ केही घटना परिघटना भयो भने त्यस्को जिम्मेवारी सिडिओ हुने ? हामी सिडिओको पनि टाउको फुटाउन तयार छौँ। तर सिडिओले सहमतिका लागि वातावरण जुटाउनपर्छ यहाँ।”

सोमबार दुवै पार्टीका कार्यकताहरुको सामान्य झडप समेत भएको थियो । सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ तनाव भएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ