गुरुप्रसाद कुमाल ‘बुलबुल’
लमही दाङ
बा म आउँदैछु,
आफ्नै गाउँ फर्की आउँदैछु ।
खरको भित्ता भत्काएर
ईट्टा दिवार ला’कोछौ रे !
खरको छानो उधारेर
टिनको छानो ला’कोछौ रे !
बुढेसकालमा तिमीले ग¥या गुणगान गाउँदैछु ।
बा म आउँदैछु
आफ्नै गाउँ फर्की आउँदैछु ।
जेठो छोरो
मै प्रदेशिदा लाग्यो ठूलै ऋण
त्यही ऋण नी किस्ता–किस्ता तिर्दै ग¥या’छौ रे !
लौरो टेक्ने हातैले हलो छोप्या’छौ रे !
ठूला–ठूला भकारीमा धान भ¥या’छौ रे !
कुन दिनमा मति बिग्¥यो खाँडी पसेछु,
आफ्नै मनलाई खोट लाउँदैछु
बा म आउँदैछु
आफ्नै गाउँ फर्की आउँदैछु ।
तिम्रा हातका कुटो र कोदालो
तिम्रा काँधका हलो र जुवा
मैले लिनु छ ।
र, खेतबारी खन्नुछ, जोत्नु छ ।
बुढेसकालको लौरो बन्दैछु
बा म आउँदैछु,
आफ्नै गाउँ फर्की आउँदैछु ।