FB_IMG_1637548251714

गुरुप्रसाद बुलबुल टुकी थारू समुदायकी एक आमाेईकाे कथा हाे । आमाेई बिक्रमियाकाे जीवन संघर्षको कथा हाे । टुकी अर्थात ढेब्रिले मान्छेको जीवनमा कसरी उज्यालो भर्छ भन्ने देखाइएको छ ।
माेटरसाइकल दुर्घटनाबाट उपन्यास टुकी शुभारम्भ हुन्छ । आमाेई चितवन घर छाेडेर हिडेकी हुन्छिन् । आमाेईले किन घर छाेडेर हिडेकी हाेलिन् ? यहि कुराले पाठकलाई अन्तिमसम्म तानिरहन्छ ।
यसअघि मैले मनाेज अज्ञात ज्युकाे झाेरी कथा पढेको थिएँ । झाेरीमा जमिनदारहरुले भुइँमान्छेहरुलाई कसरी एकै गाँस पार्छन् भन्ने देखाइएको छ । मेरो मनमा झाेरीले बडाे गज्जबसँग डेरा गरेको रहेछ । टुकी पढ्न सुरु गर्दा पक्कै पनि जमिनदारसँग लड्न नसकेर आमाेई घर छाेडेर हिडेकाे हुनुपर्छ भन्ने लागिरह्याे । तर, त्यस्तो रहेनछ । मान्छे पराइसँग जस्तो सुकै परिस्थितिमा पनि भिड्न तयार हुन्छ तर आफ्नासँग हार्दाेरहेछ । यस कुरालाई उपन्यासकारले बहुत गज्जबसँग प्रस्तुत गर्नु भएको छ ।
चितवनका थारूहरुले कुन चाडमा केके परिकार पकाउँछन् ? चाडपर्व कसरी मनाउँछन् ? कुन चाडमा कुन गीत गाउँछन् ? टुकी उपन्यास पढेपछि थाहा हुन्छ ।
टुकी उपन्यासले बिक्रमिया आमाेईकाे कथा मात्रै नभनेर चितवनिया थारूहरुकाे कला, संस्कृति, थारूहरुकाे जीवन पद्धति स्पस्टरुपमा चित्रण गरेको छ । यी सबै बुझ्न उपन्यास टुकी एकपटक पढ्नैपर्छ ।
उपन्यास पढिरहदा मेरै गाउँको कथाझै लाग्छ । पेट्राेलिङ गर्न हिड्दा शुक्रनगर, पर्साढापतिर पुग्दा उपन्यासका पात्रहरु आँखाभरि नाच्न थाल्छन्, फुलिया, कलिया, सुकिया, बेचनी, शेनी, जिरिया र बिक्रमियाहरु ।
उपन्यासमा सबै थारू छन् तर ढेब्रिलाई ‘टुकी’ले आफ्नैमुनि छायाँ बनाएको छ ।
उपन्यासकार मनाेज अज्ञात ज्युकाे अर्को उपन्यास छिट्टै पढ्न पाउँ । सफलताको शुभकामना !

1 सोचेको “कृति समिक्षा: उपन्यासकार मनाेज अज्ञात ज्युकाे टुकी पढेपछि

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ