Screenshot_20211215-201636_Facebook

देहरादुन: भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारतबीचको सम्बन्ध बिगार्न केही समूह सक्रिय रहेको आरोप लगाएका छन्। उत्तराखण्डको राजधानी देहरादुनमा आयोजित सैनिक सम्मान कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन्।

भारतले छिमेकी देश नेपालसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्न चाहेको बताउँदै उनले त्यस्ता समूहहरुलाई चाहे जे पनि गर्न सकिने चेतावनी दिए।

‘नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही समूह सक्रिय छन्। ती समूहरुलाई चेतावनी दिन चाहन्छु, हामी नेपालसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्न चाहन्छौं,’ सम्बोधनको क्रममा उनले भने।

उनले सीमावर्ती देशको आफ्नै सामरिक महत्व रहेको भन्दै सीमामा विकास हुनु भनेको देशको सुरक्षा स्थिति पनि बलियो हुने बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ