मानबहादुर चाैधरी, ७ पुस। कञ्चनपुर जिल्लाकाे कृष्णपुर नगरपालिका वडा नं. ४ मा सिकलसेल एनिमियाको परिक्षण गरिँदै छ। सिकल्स एनिमिया विशेष गरेर चौधरी र राना थारुमा मात्र देखिने भएकाले यहि समुदायका बाल-बालिका देखि बृद्वसम्म रगत परिक्षण गराउनका लागि वडा कार्यालयमा उपस्थित भएका छन् । यसको लागि सुदूरपश्चिम प्रदेश, स्वास्थ्य मन्त्रालय र क्रिष्णपुरको स्थानिय सरकारको सहकार्यमा यो शिवीर सञ्चालन भएको हो।