Screenshot_20211230-083918_Facebook

काठमाडौँ,१९ पुस । काठमाडौँ उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाले कुनै मौसमी प्रणालीको प्रभाव नभए पनि चिसो मौसमका कारण बिहान-साँझ हुस्सु-कुहिरो लागेको जानकारी दिएको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको जनाइएको छ । महाशाखाअनुसार दिउँसो देशभर आंशिक बदलीको सम्भावना रहेको छ।

भोलि मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ