FB_IMG_1643784312949

सुषमा अंशु
सपनाको
सलाई कोरेर
रहरै रहरको
दाउरामाथि
कल्पना लाश बनेर
लमतन्न सुतेको छ
दिदैछु दागबत्ती
एकमुठी
आशाको बत्ती बालेर
हुर्हुरी बलेको
चिताको आगोले
ताप दिए पनि
हृदय हिउँजस्तै
चिसो भएको छ
बिछोडले

एकैछिनमा
पसिनाको खोला बग्छ
एकैछिनमा
काम्ने ज्वोरोले सताउँछ
हृदयको
कन्दरामा फुलेका
खुशी ओइलाएका छन्
एकाएक
आत्मियताको
भएको छ मृत्युु
भावविह्वल छ मन
आफ्नो वशमा छैन तन
यदाकदा डुलिरहेको छ
मन
अन्धआवेगमा
भौतारी रहेको छ
भरोसा बटुल्न खोज्दैछु
फेरि नयाँ बिहानी
नयाँ घाम
अनि
नयाँ आशा उदाउन ।।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ