धनगढी, १० फागुन । थारु समुदायकाे थारु कवि तथा कवियित्रीहरु अा-अाफ्नाे कविता सुनाए।
मातृभाषा दिवसकाे मौका पारेर बुक बस नेपालकाे आयोजनामा १३ जना थारु कवि तथा कवियीत्रीहरु इन्टरनेट जूम कार्यक्रममा कविता सुनाएका हुन ।
कार्यक्रममम कंचनपुरबाछ प्रकृति पूजा चौधरी, कैलालीबाट ईन्दु थारु, सागर कुस्मी संगत, अंकर अन्जान चौधरी, कविता काव्य, दुर्जनकुमार चौधरी, दाङबाट विष्णु कुसुम, प्रणव आकाश, यम चौधरी, भूमिका थारु, राजकुमार कान्छा, कोकिला चौधरी, सप्तरीबाट सरिता चौधरी लगायत कवि तथा कवियित्रीहरु एउटा-एउटा कविता वाचन गरेका थिए ।
बुक बसकाे सहकार्यमा केही महिना पहिले कविता लेखनकाे वर्कसप भएकाे थियाे । त्यही वर्कसप पछि कवि तथा कवियित्रिहरु लेखन अभ्यास गर्दै अाएका थिए । मातृभाषाकाे अवसरमा कविता वाचन कार्यक्रमकाे आयोजना गरेकाे आयोजकले जनाएकाे छ ।
कार्यक्रममा सुनाएका सबै कवि तथा कवियित्रीहरुकाे कविता यहअं सन २०२२ भित्र कविता संग्रह प्रकाशन गर्ने बुक बस नेपाल जनाएकाे छ ।
कार्यक्रमकाे आयोजक बगालबाट प्रणवमान सिंह, उज्वला महर्जन, सुभानी सिंह सबै कवि तथा कवियित्रीहरुलाई शुभकामना तथा बधाइ दिएका थिए भने सहजीकरण ईन्दु थारुले गरेकी थिइन ।