सगोल कास्कीको आयोजनामा दुई दिने आधारभूत प्राथमिक उपचार तालिम कैलारी गाउँपालिकामा सम्पन्न भएको छ। तालिमको उदघाटन गाउँपालिका अध्यक्ष श्री लाजु राम चौधरी ज्यूले गर्नु भएको थियो भने समापन उपाध्यक्ष लक्ष्मी सतगौवा ज्यूले गर्नु भएको थियो। सहजिकरण ज्योति बहादुर क्षेत्री ज्यूले गर्नु भएको थियो। सगोलको सहजीकरण तथा सहयोगमा र कैलारी गाउँपालिकाकाे आयोजनामा हसुलियाको आचल होटेलमा ९ ओटै वडाका जनप्रतिनिधि तथा समुदाय का 26 जना अगुवाहरुलाइ 2 दिने आधारभुत प्राथमिक उपचार तथा खोज उद्दार तालिम सम्पन्न गर्नु भएको थियो ।