FB_IMG_1651760028076

हसुलिया। बिचल्लीमा परेका कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्नी पीडित मुक्तकमैयालाई खाद्यान्न सहयोग गरिएको छ ।
घर, सम्पत्ति, खाद्यान्न, लत्ता कपडा सबै जलेका पीडित मुक्तकमैयाहरुलाई छिमेकी गाउँका स्थानीयसहित सङ्घसंस्थाले सहयोग गरिरहेका छन् । अाज धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर महिमा चर्च, कैलारी गाउँपालिका-५, महिमा चर्च बैजपुरका पास्टर,अगुवाहरु र विश्वासीहरुले खाद्यान्न सहयोग गरेका कुरा महिमा चर्च बैजपुरका स्थानिय पास्टर बिन्दु लाल चाैधरीले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ