KP_Oli_2_

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई बिना कारण जेलमा राखेको बताएका छन्। बिहीवार कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताए ।

ओलीले भने, ‘यो कैलालीमा टीकापुर घटना भयो। सो घटनाले गर्दा यहाँका थारु नेताहरु अहिले पनि जेलमा छन् । रेशम चौधरी र थारु नेताहरुलाई जेल हाल्नुपर्ने कुनै कारण छैन । अनैकौं हजार मान्छे मारिए, उनीहरूले जेलमा हुनुपरेन तर थारु नेताहरूमाथि सरकारले हुँदै नभएको मुद्दा लगाएर थुनेर राखेको छ ।’

उनले सरकार नढलेको भए उक्त समस्या समाधान भइसक्ने भन्दै थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति समेत गरेको बताउदै त्यसबेला गृहमन्त्री रामबहादुर थापा थारुहरुले धर्ना दिएकै ठाउँमा माग पूरा गर्न पलेटी कसेर समर्थन जनाएका थिए।

चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘यो गठबन्धन कुनै विकास गर्नको लागि होइन, सत्तामा पुगपछि आफ्ना नातागोताको उद्धार गर्ने र बाँडीचुँडी खानलाई बनेको हो ।’

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ