Screenshot_20220514-073659_Facebook

हसुलिया: कैलालीमा चार  स्थानीय तहमा मतगणना सुरु भएको छ। जिल्लाको गोदावरी नगरपालिका, बर्दगोरिया गाउापालिका, कैलारी र जोशीपुर गाउँपालिकामा मतगणना सुरु भएको हो। गोदावरी नगरपालिकामा काँग्रेसले सुरुवाती अग्रता लिएको छ भने बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

गोदावरीमा १३० मतगणना हुँदा काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्टले ५९ र एमालेका उम्मेदवार गोकर्ण भट्टले ४५ मत पाएका छन्। उता बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा एमालेले सुरुवाती अग्रता लिएको छ भने उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। 

एक सय मतगणना हुँँदा एमालेका कर्ण कुँवरले ५०, काँग्रेसका शेरबहादुर कठरियाले २५मत पाएका छन्। उता जोशीपुर गाउँपालिकामा पनि गणना सुरु भएको तर विवाद भएपछि रोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ