धनगढी,३१ वैशाख । मतगणनाको मागसहित नाराबाजी भएपछि धनगढी उपमहानगरपालिकामा झडप भएको छ । स्वतन्त्र पक्षधरले हिजो राति १२ बजेदेखि नै मतगणना गर भन्दै मतगणनास्थल नगरपालिकाको परिसरभित्रै नाराबाजी गर्दा झडप भएको हो ।
प्रदर्शनकारीलाई भगाउन प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसक्रममा केही व्यक्ति घाइते भएको स्वतन्त्र पक्षधरले बताएका छन् ।
उनीहरूले मतगणना किन ढिलो भइरहेको भन्दै नराबाजी लगाएका थिए । प्रदर्शनकारीले उपमहानगरपालिका आसपासका पसलहरुमा समेत केहि तोडफोड गरेका छन् । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूका अनुसार अहिले सर्वदलिय बैठक बस्ने र त्यसपछि मतगणना हुने जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजार बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।