Screenshot_20220514-153555_Facebook

धनगढी/ धनगढीमा १०० मत गणना हुँदा आप चिन्ह भएका मेयरका उम्मेदवार गोपाल हमाल अगाडि देखिएका छन् ।

हमालले ५५ मत , काँग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुईले मत पाएका छन् । १०० मतको गणनामा २१ मत बदर भएका छन् ।

उपप्रमुखमा भने माओवादीका शान्ति अधिकारी अगाडि छन् । उनले ४०, एमालेका कन्दकला रानाले १० पाएकी छन् । यस्तै आँप चिन्हकै स्वतन्त्र प्रभाकर भण्डारीले २० मत पाएका छन् ।

अहिले वडानम्बर एकको मतको गणना भइरहेको छ । सो वडामा काँग्रेसका मेयरका उम्मेदवार वडको बढी मत आउने अपेक्षा गरिएको थियो ।

वडा नम्बर १ मा ४२८६ मत खसेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ