FB_IMG_1652667921721

हसुलिया। कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । साथै वडा नम्बर ३ मा वडा अध्यक्ष सन्तराम चौधरी सहित पुरै प्यानल विजयी भएको छ । उनले १ हजार १२ ल्याएर विजयी हासिल गरेका हुन । यस अघि भएको निर्वाचनमा माओवादी केन्द्रका कैलाश कुश्मी वडा अध्यक्ष सहित पुरै प्यानलै विजयी हासिल गरेका थिए ।
यता काँग्रेसले अग्रता कायमै गरेको छ । काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार राजसमझ चौधरीले २७३८ मत प्राप्त गरि पहिलो, राप्रका उम्मेदवार होमबहादुर गुरुङले २५७६ मत ल्याएर दोस्रो र नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले २१२६ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
काँग्रेसले वडा नम्बर १ र २ मा पुरै प्यानल सहित विजयी हासिल गरिसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ