धनगढी, ५ बैशाख। कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजसमझ चौधरीले सपथ ग्रहण गरेका छन् । नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बिहीबार मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुबाट सपथ ग्रहण गरेका हुन् ।
अध्यक्ष चौधरीले शपथग्रहण पछि शुक्रबार उपाध्यक्ष भगवतीकुमारी चौधरीलाई गाँउपालिकामा गराउने छन् । अध्यक्ष र उपाध्यक्षले पालिकाको कार्यभार लिएपछि वडा अध्यक्ष, सदस्यहरुलाई सफथ ग्रहण गराउने नवनिर्वाचित अध्यक्ष राजसमझ चौधरीले सुदूरपत्रलाई जानकारी गराए ।
अध्यक्ष चौधरी गठबन्धनबाट कारबाही परेका कांग्रेसका उम्मेदवार भएका थिए । गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कारबाहीमा परेका कांग्रेसका नेता चौधरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।
उनले गठबन्धनका आधिकारिक उमेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गरेका हुन् ।
राजसमझले १० हजार ४९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४३० मत प्राप्त गरे । उपाध्यक्षमा कांग्रेसकी भगवतीकुमारी चौधरी विजयी भएकी छिन् । ९ वडा रहेको कैलारी गाउँपालिकामा सबै वडामा काँग्रेसले जितेको छ ।