🖋 लेखक: अंकर अन्जान सहयात्री
जानकी गाउँपालिका-८
जबलपुर कैलाली
जिन्दगीमा पनि कस्ता-कस्ता मोडहरु आउँदा रहेछन। कहिले पनि नभएको घटना घटी दिन्छन, तर यस्तो पनि घटना हुन्छ रॽ जिन्दगी पनि कस्तो कहिले उकाली त कहिले ओराली, कहिले मिलन त कहिले बिछोड, यो चक्र सजिब हो या निर्जिब सबैमा चलिरहन्छ, तर यो माया पनि कस्तो चिज हो। न कसैलाई चिन्दछ, न कसैसंग भेदभाव गर्दछ, जसलाई पनि यो माया अँगालो मार्दछ। हो, यस्तै घटना मेरो जिन्दगीमा पनि घटेको छ।
एकदिनको कुरा हो। मेरो एउटा ‘classmate’ मनमिल्ने साथी थियो। उसले मलाई दुख सुखमा आफुले सक्दो साथ दिन्थ्यो। उ र म नजिकको एकदमै मनमिल्ने साथी थियौं। मानौ हामी एक अर्काको परिपुरक हौं। एकदिन मेरो साथीको घरमा उसको काकाको छोरीको जन्मदिन थियो। त्यसैले मलाई मेरो साथीेले जन्मदिनमा जसरी पनि आउनै पर्ने निम्टो दिएको थियो। म पनि साथीको कुरा कात्न नसकेर, जाने भनेर जानकारी गराए। अर्को दिन बिहानै उठेर, नुवाई धुवाई गरेर बिहानको खाना खाए। र आफ्नो सम्पूर्ण गृहकार्य सक्काए। त्यसपछि साझ पाँच बजेतिर म आफ्नो साथिको घरमा गए। त्यहाँ झिलिमिली बत्तिहरु जलिरहेका थिए। बाजागाजा आफ्नै मुद्रामा बजिरहेका थिए। र केही साथिहरु नाच्दै गाउँदै रमाउँदै थिए। म पनि त्यहाँ पुग्दा लगभक ६ बजिसकेको थियो। मैले पनि नानुलाई birthday wish गरे, आफुले दिन सक्ने आशिर्वाद र उपहार दिए। म पनि खानापिना खाएर अन्य साथिहरुसंग नाचे, गाएं, रमाए, र खुब रमाइलो गरे। भनिन्छ समयले कसैलाई पर्खिदैन। आफ्नो गतिमा गैरहेको हुन्छ। नभन्दै समयले आफ्नो गतिलाई बढाएर १० बजाई सकेको थियो। रात निकै छिप्पिदै थियो। रमाइलो गर्दागर्दै समय गएको पत्तो नै पाएन। झत्त घडी हेर्दा सियोले १० बजेको संकेत गर्दै थियो। त्यसैले म त्यहाँबाट घर जानको निमित्त आफ्नो साथिसंग बिदा भएं र त्यहाँबाट साइकल लिएर हिंडे, मेरो घर जाने बाटोमा एउटा जंगल पनि पर्थ्यो, रातिको समय थियो, जुन तहतह लागिरहेको थियो। अनि आकाश पनि खुल्ला थियो। ताराहरु झिलिमिली चम्किरहेका थिए। जंगलको बाटो जताततै सुनसान खाली किराहरुको र जुनकिरीहरुको कराएको आवाज मात्र आउँथ्यो। सायद त्यतिखेर रातिको १२ बजेको हुँदोहो। १२ यस कारणले बजेको थियो। कि जब म साथीको घरबाट निस्किए १० मिनेट मात्र साइकलके चलाएको थिए। मेरो साइकल पञ्चर भैहालेको थियो। त्यसैले म हिंडेर भए पनि घर जाने निर्णय गरेर घरतिरको यात्रामा आफ्नो पाइला सारे। साथीको घरमा गएन। एकातिर मनमा कताकता डर लागिरहेको थिय, र पनि मनलाई बलियो बनाएर आफ्नो सफरलाई निरन्तरता दिइहेको थिए। म मनमा कैंयौ प्रकारका कुराहरु खेलाउदै जाँदैथि। अस्ति आमाले भन्नुभएको कुरा पनि एकाएक यो मनस्पतलका घुम्न थाल्यो, र यस्तै सोच्दै एउटा निर्णय लिए कि जसरी भएपनि मलाई घर पुग्नुछ। बरु पन्चर साइकल भएपनि चलाएरै जाने निधो गरें, र साइकलमा सवार भएं। सायद तपाईलाई थाहा नै होला पन्चर साइकल कति जोडले दौडिन्छ भन्नेकुरा, साइकल जति चलाए पनि साइकल जहींको त्यही लाग्दथ्यो। हो, त्यतिखेर मैले टाढा त्यही बाटोमा ढिपढिप एउटा बत्ती बलिरहेको देखे। मैले सोंचे सायद कोही जांदैछ या त आउंदैछ, त्यही सोचेर साइकलको रफ्तार बढाउदै गए तर जति साइकल चलाए पनि त्यो बत्तीलाई भने म छोप्न सकेन, र मनभित्र चिसो पस्यो। म डराई डराई त्यो बाटोमा एक्लै यात्रा गर्दैथिए। एक्कासी कतैबाट आवाज सुनियो। आवाजले यस्तै भनिरहेको थियो, ‘बचाउ-बचाउ’, मैले त्यो आवाज सुन्नेबित्तिकै आफ्नो साइकलको गतिलाई रोके, र टक्क उभिएँ, तर म रोकिन साथ त्यो आवाज धेरै टाढा सुनियो। मैले फेरी आफ्नो साइकल चढेर गुडाए। पन्चर साइकलको गति आफ्नो रफ्तारमा गुडिरहेको थियो, फेरी कतैबाट त्यही आवाज सुनियो, तर त्यतिखेर नजिकैको झाडीबाट आइरहेको थियो। यो सुनेर मलाई कताकता डरको महसुस भइरहेको थियो। कतै बाख्रा कराएको आवाज सुनिन्थ्यो, त कतै कोही रोए जस्तै आवाज आउन्थ्यो। झ्याउँकिरीहरुको आवाज त एकातर्फ छँदैछ। मलाई डरले छोइसकेको थियो। मेरो मुटुले डरले गर्दा आफ्नो ठाउँ छोडिसकेको थियो, तर पनि मैले आफ्नो मुटुलाई बलियो बनाएर आफ्नो साइकलको रफ्तारलाई निरन्तरता दिइरहेको थिएं, तर जति साइकल चलाए पनि जहांको त्यही लाग्दथ्यो। अगाडी एउटा आकृती देखियो, त्यो आकृती घोप्टो परेर बसिरहेको थियो, र रोइरहेको पनि थियो। मैले साइकल रोकेर डराई डराई त्यो आकृतीसंग बोल्ने प्रयास गरें, र भनें “तिमी… तिमी को हौ, यहाँ मध्यरातमा एक्लै किनॽ” मात्र यत्ति भनें तर त्यो आकृती केही पनि बोलेन, केवल रोइरह्यो, र मैले त्यो आकृती नबोलेकोले त्यो आकृतीलाई हातले छोपेर उठाएं र त्यो आकृती म तिर फर्कियो। मैले त्यो आकृतीलाई देख्नसाथ छक्क परें किनकी त्यो आकृती त्यस्तो रातमा पनि जुनझैं चम्किरहेको थियो। अनुहार गोलो जुनझैं, लामा-लामा नागबेली कपाल, चट्ट मिलेको जिउडाल, साँच्चै स्वर्गकी अप्सरा जस्ती देखिदै थिइन। मैले उनलाई सोधें “तिमी को हौ, तिम्रो नाम के हो, यति राती तिमी यहाँ किनॽ” भनेर सोध्दा उनले भनिन् “मेरो नाम प्रकृती हो साथीहरुसंग आउँदै गर्दा, बाटो थाहा नपाएर बाटो बिराएँ र यहाँ एक्लै परें। मेरो घर उ त्यो डाँडापारीको पल्लो गाउँमा छ” यतिमात्र भनेर उनि फेरी रुन थालिन। तर मलाई त्यतिखेर पटक्कै डर लागिरहेको थिएन र मैले उनलाई भने “नरोउ म तिमीलाई तिम्रो घर सम्म पुऱ्याई दिन्छु” र उनि आँसु पुछ्दै भनिन् “हुन्छ अब घर जाउँ भनेर सरासर हिंड्न थालिन” म पनि संगसंगै हिड्दै मिठामिठा कुरा गर्दै हिंड्न थाले। समय बितेको पत्तै पाएन, एकैछिनमै उनको र मेरो छुट्टिने बाटो आइ हाल्यो, र उनके भनिन् “ल हुन्छ अब तिमी जाउ म यहाँबाट जान सक्छु, मेरो घर यहीं नजिकै छ।” खै! किन हो किन मलाई उनीसंग छुट्टिन मन पटक्कै लागिरहेको थिएन। खै! कुन्नी के जादु लगाएकी थिइन, तर के गर्नु छुट्टिनु पर्ने बाध्यता थियो। उनि मलाई बिदाइको हात हल्लाउँदै मबाट बिदा भइन। केही पर पुगेपछी उनी एक्कासी बिलाइन र मलाई फेरी डर लागेर आयो। मैले आफ्नो पन्चर साइकल उठाएँ र चलाउँदै बाटोभरी सोच्दै गए कि उनि किन एक्कासी बिलाइनॽ नबिलाउनु पर्ने हो । यस्तै यस्तै कुराहरु सोच्दै म आफ्नो गाउँमा पुगें। त्यतिखेर सायद बिहानको ४ बजिसकेको थियो। गाउँमा कुखुराहरु बासी रहेका थिए। म घर पुगें। रातभरी यात्रा गरेको कारणले मलाई निन्द्राले च्यापी सकेको थियो। म साइकल हतार-हतार एकातिर फालेर ओच्छयानमा पल्टें। पल्टिनसाथ मेरो आँखाहरु बन्द भए र म निंदाए। समय पनि बित्नु के को बेर लाग्दो रहेछ रॽ नभन्दै एकैछिनमा उज्यालो भयो। म ओच्छयानमै पल्टेको थिंए। जब म बिउँझिए त्यतिखेर बिहानको ९:४५ बजिसकेको थियो। म हतार हतार उठें र नुहाई धुवाई गरेर बिहानको खाना खाएर स्कुल गए। मलाई त्यो दिन स्कुलमा पढ्न पटक्कै मन लागिरहेको थिएन। खै! किन हो उनकै याद आइ रहेको थियो। कुन्नी के जादु लगाएकी थिइन। केवल उनकै सम्झना आइरहन्थ्यो। त्यो जुन जस्तै ढपक्क बलेको अनुहार अनि ति लामा-लामा नागबेली कपाल, म त्यही सोचेर दिन बिताएं। त्यो दिन पढाइमा कत्ति पनि मन गएन, मात्र उनकै कल्पनामा नुन खाएको कुखुरा जस्तै झोकऱ्याइ रहें। म राम्रोसंग पढेन, साथीहरु सोध्ने गर्थे “तँलाई आज के भएको छ, झोकऱ्याएर बसेको छस, पढाईमा ध्यानै छैन” बस म उनीहरुको कुरा यत्तिकै ताली दिन्थे। समय बित्न पनि समय नलाग्दो रहेछ। एकछिनमै स्कुलको छुट्टी पनि भयो। म घर गए, त्यो दिन म साँझको खाना खाएर छिट्टै सुतिहाले । मम्मी बाबा पनि केही छिनमै खाना खाएर सुत्नुभयो। रात छिप्पिदै थियो। म मस्त निन्द्रामा सुतिरहेको थिएँ। राती साढे बाह्र बजेको हुँदो हो। एक्कासी ढोका ढकढकको आवाज आयो । म बिउँझिए, बाहिरबाट सुरिलो आवाजमा “म आए ढोका खोल म आए” को आवाज आयो। मैले सोंचे यति राती को होला, डराइ डराइ बिस्तारै ढोका खोले। ढोका खोल्नसाथ उनको त्यो उज्यालो अनुहारले मेरो कोठा ढपक्क बल्यो । त्यो मुँहारको अगाडी बत्ति पनि मधुरो देखियो। म उनलाई देख्नसाथ चिनिहालें। उनि त्यही प्रकृती थिइन, जसलाई मैले हिजो राती जंगलमा भेटेको थिए र जस्को बारेमा म दिनभरी सोंचेको थिंए। उनि भनिन् “मलाई भित्र बोलाउँदैनौॽ” मैले भनें “आउ न भित्र, त्यो पनि सोधिरहने कुरा हो र? “अनि उनि र म रातभरी मिठामिठा कुरा गऱ्यौं, कुरा गर्दा गर्दै समय बितेको पत्तो नै भएन। उनले भनिन् “ल अब म जान्छु है, भोली फेरी आउँछु नि, मेरो बाटो पर्खेर बस है” यति भनेर उनि मबाट बिदाइको हात हल्लाउँदै बिदा भइन र केही पर पुगेपछी फेरी उनि एक्कासी बिलाइन। खै! किन हो किन मलाई उनी प्रतिको आकर्षण बढ्दै गैरहेको थियो, माया प्रगाढ हुँदै गइरहेको थियो। हाम्रो यो प्रकृया दिनदिनै चल्दैथियो, हामी दुइ मुटु एक भैसकेका थियौं। उनि आउँथिन हरेक रात उही समयमा र हामी आफ्ना योवनहरु साँतासात गर्थ्यो। उनी म माथी अंगालोमा आफै कसिन आउथिन। उनका सुन्तला जस्ता ति स्तनहरु, चिल्ला र चिप्ला गाला अनि शरिर, नशालु ति आँखा, म उनलाई यसरी निस्वत्र देख्दा आफैलाई थाम्न सक्दैनथें। म उनका सुकोमल हरेक अंग-प्रत्यंगमा चुम्बनको वर्षात गर्दथे, उनि पनि मेरो हरेक अंग-अंग चुम्थिन र हामी दुइ निस्वत्र हुन्थ्यो त्यो कोठामा। यसरी हामी दुइ मुटु एक हुन्थ्यो र चरम आनन्द लिने गर्दथ्यौं। यसरी हाम्रा हरेक रातहरु योवन सातासात गर्दै बित्दथे। यसरी समय बित्दै गयो म दिनानुदिन दुब्लाउँदै गैरहेको थिंए, हुस्तपुस्त त्यो शरिर, बिस्तारै-बिस्तारै सुक्दै गैरहेको थियो। जति खाएपनि शरिर कहिल्यै लाग्दैनथ्यो। स्कुलमा साथीहरु पनि भन्ने गर्थे तँलाई आजकल के भएको छ दुब्लाउँदै गैरहेको छस् ॽ पहिले त मोटो थिइस। म साथिहरुलाई केही पनि नभएको जानकारी गर्दथे। यसरी समय बित्दै गयो, एकदिन म मम्मी बाबालाई सबै कुराको वेलिबिस्तार लगाए। मेरो सबै कुरा सुनि सकेपछी मम्मीले भन्नुभयो “बाबु त्यो त चुडेनी हो तँलाई चुडेनी लागेको छ। त्यसैले त आजकल दुब्लो पातलो भाकोछस्।” मलाई मम्मीको कुरा सुनेर डर लागेर आयो, र म डरले त्यही कांप्न थालें, मम्मीले फेरी भन्नुभयो “बाबु नडरा, त्यसको बन्दोबस्त म गर्छु” यति भनेर मम्मी सुत्न जानुभयो, म पनि सुते। त्यो रात पनि हाम्रो सदाकोझैं यौन कृयाकलाप भयो। अर्को दिन मम्मीले धामी कहाँ गएर खै के के गराउनु भयो। मलाई चामल र खरानी दिनुभयो, सुत्नेबेलामा आफ्नो सिरानीमा राख्नु भनेर,
त्यो दिन पनि त्यतिकै बित्यो, राती भयो हामी सबैजना खाना खाएर आ-आफ्नो कोठातिर गयौं। म पनि सुते रात छिप्पिदै थियो। म पनि मस्त निन्द्रामा सुत्ने प्रयास गर्दैथिए, तर निन्द्रा कतिगरे पनि आएन, मात्र उनको सम्झना आइरहथ्यो। म उनको आउने बाटो पर्खिदा पर्खिदै रात बित्यो। बिहान भयो तर उनी आइनन्। सायद यस्तै एक हप्ता सम्म आइनन्। यसरी समय बित्दै गय।, एकरात म सुतिरहेको थिए रातीको मध्यान्ह १२ बजेको हुँदोहो मेरो निन्द्रा एक्कासी खुल्यो, जब म ब्युझिए बाहिर कोइ रोइ रहेको आवाज आयो। म बिस्तारै ढोका खोले, ढोका छेउमै उनि बसेर रोइरहेकी थिइन। मलाई संधै बोलाउथिइन तर आज बोलाइनन् मात्र रोइरहिन। मैले उनलाई भित्र बोलाए र भने “तिमी यत्रो दिनसम्म किन आइनौ, म तिमिलाई हरेक रात पर्खिन्थे तर तिम्रो आगमन कहिले पनि भएन। आज के भयो तिमी रुंदै आएकी छौॽ” उनले रुंदै भनिन् “अब म तिमीलाई भेट्न कहिले पनि आउँदैन, तिमी राम्रोसंग बस्नु, मेरो बाटो अब नहेर्नु” भन्दै रुंदै अन्तिम पटक बिदाइको हात हल्लाउँदै गहभरी आँसु राख्दै मबाट बिदा भइन। पहिले जस्तै फेरी गायब भइन, त्यो दिनदेखी उनि कहिले आइनन्, दिन, हप्ता, महिना गर्दै वर्ष पनि बित्यो तर उनि कहिले फर्केर आइनन् र म पनि दिनदिनै मोटाउन थाले, पहिलेको जस्तै फेरी म काम गर्न थाले, र स्कुल जान थाले।