human-right-program
Advertisements

हसुलिया, २१ फागुन । कैलारी गाउँपालिकामा सन्तराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय गाउँपालिकास्तरीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ ।

डिसिएको आर्थिक सहयोगमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा बिहीबार दिन हसुलियामा सवलीकरण कार्यक्रममा त्यो संजाल गठन गरिएको हो ।

मानव अधिकार रक्षक संजाल गठन तथा सवलीकरण कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको कार्यक्रम अधिकृत परिस्कृत पौडेल र डिसिएके परियोजना संयोजक सरिता पुरी सहजीकरण गरेको कार्यक्रममा संजालको उपाध्यक्षमा गीता चौधरी, सचिव ज्ञानु चौधरी, कोषाध्यक्ष लक्ष्मी भुल, सहसचिवमा भीमबहादुर तिरुवा, सदस्यमा केदारनाथ चौधरी, मनोजकुमार चौधरी, मानबहादुर चौधरी, गीतादेवी चौधरी र विफनी चौधरी रहेका छन ।

कार्यक्रममा इन्सेकको लेखाअधिकृत राजकुमार चौधरी, समुहको प्रतिनिधि, यूवा क्लवको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ