धनगढी, फागुन २२/ धनगढीको एक फर्निचर उद्योगमा आगलागी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो। फर्निचर उद्योगमा भएको आगलागी २ घण्टापछि नियन्त्रणमा आएको छ।


आगलागीबाट करिब ५ करोड बराबरको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। प्रहरीले क्षतिको विवरण खुलाउन बाँकी छ।