image-2

धनगढीः कैलालीको धनगढमिा निःशुल्क तीन महिने पुष्प खेती तालिम सञ्चालन हुने भएको छ।

प्राविधिक प्रदायक संस्था धनगढी पोलिटेक्निक इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सुदूरपश्चिम प्रदेश कार्यालयको आर्थिक सहयोगमा स्वरोजगार मुलक तीन महिने निःशुल्क पुष्प खेती तालिम सञ्चालन गर्न लागेको हो। धनगढी पोलिटेक्निक इन्स्टिच्युट, धनगढी उपमहानगरपालिका–६ रघुनगर बासुदेवी माविमा पुष्पखेती तालिमको आयोजना गरिने बताइएको छ।

२०८० बैशाख ४ गतेदेखि तालिम सुरु हुने भएकाले त्यसका लागि फारम भर्ने अन्तिम मिति २०८० बैशाख २ गते राखिएको छ। साधारण लेखपढ गरेकाले पनि तालिममा सहभागिता जनाउन पाउनेछन्। पुष्पखेती तालिमका लागि २० जनाको प्रशिक्षार्थी संख्या तोकिएकाले समयमै आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरिएको छ। तालिमका लागि महिला, जनजाति, पिछडावर्ग र अपाङ्गता भएका व्यक्तिले विशेष प्राथमिकता दिइने उल्लेख छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ