हसुलिया, २४ फाल्गुन। कैलारी गाउँपालिका को वडा नं.५ र ७ मा भब्य रुपले १११ओैं अन्तरराष्टिय नारी दिवस मनाइको छ ।
”महिलाको सुरक्षा, सम्मान र रोजगार : समवृद्ध नेपालको आधार”भन्ने मुल नारा सहित आज १११अैां अन्तरराष्ट्रिय नारी दिवश मनाएका छन। नारीदिवश को अवसरमा विभिन्न चेतनामुलक नाटक, थारु झुम्रा नाच, सखियानाच, कुर्सी दौड प्रस्तुत गरेका गरेका छन। कैलारी गाउँपालिकाको ५नं.को चेतनशिल महिला बिकास बहुउदेश्य सहकारी संस्था लि. को आयोजनामा सम्पुर्ण गाऊ टोलको सहभागिता मा नारी दिवश कार्यक्रम संचालन हुदैछ। कैलारि गापा ५नं.वडा अन्तरगत चेतनशिल महिला बिकासको प्रागनमा भएको नारीदिवश कार्यक्रमको सभापती यसै सहकारीका अध्यक्ष हिरादेवि चौधरी,प्रमुख अतिथि कैलारी गाउँपालिका उपमेयर लक्ष्मी सत्गौंवा थारु,विशिष्ट अतिथि वडा अध्यक्ष बिष्णु प्रसाद चौधरी,अतिथि भागुदास चौधरी वीर बहादुर चौधरी,महिला सदस्य अनारकलि चौधरी,पवित्रा परियार लगायतले आसनग्रहन गर्नु भएको छन भने कार्यक्रम संचालन तिर्थ चौधरीले गरेकी छन।
यसैगरी कैलारी गाउँपालिकाको ७ नं.वडामा पनि विभिन्न चेतनामुलक नाटक, झुम्रानाच, सखिया नाच, प्रस्तुत गरेका थिए। यस ७नं.वडाको नारी दिवश, समिक्षामहिला बिकास ब.स.संस्था लि. रतनपुर हरयाली सामुदायिक कृषि स.स.लि. कैलारीको आयोजनामा आफ्नै सहकारीको प्रांगनमा कार्यक्रम संचालन भएको हो । कार्यक्रम संचालन उर्मिला चौधरीले गर्नु भएको थियो भने कार्यक्रमका सभापति सुन्दरी चौधरी, प्रमुख अतिथि कैलारी गाउँपालिकाको मेयर श्री लाजुराम चौधरी, विशिष्ट अतिथि वडा अध्यक्ष कमल प्रसाद चौधरी, अतिथि बिष्णा सुनार, सुन्दर प्र.चौधरी, मुसम्पि चौधरी , वडा सचिब गणेश चौधरी, सिमा प्रहरी चौकिका प्रहरी सहायक निरक्षक रघुबिर गिरी लगायत को सहभागिता रहेको थियो।