6045ed03b10ea_aagalagi

नेपालगञ्ज, फागुन २४ । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ सुइया गाउँमा सोमवार आगलागि हुँदा २५ घर जलेर खरानी भएका छन् भने आगलागि बाट ठूलो क्षति भएको छ ।
बिहान करिब ११ बजे लागेको आगोले नरैनापुर गाउपालिकाको वडा न १ सुइया गाउँका २५ घर जलेर नस्ट हुनुका साथै करोड बढीको जिन्सी तथा नगदको क्षति भएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो ।
उहाँले हावाहुरीको मौसम भएको कारण खाना पकाउने क्रममा स्थानीय मनिजर पासीको घरमा सल्किएको आगोले पुरै गाउँलाई खरानी बनाएको बताउनुभयो । आगलागिबाट कुनै पनि मानवीय क्षति नभएपनि अन्य क्षति धेरै भएको जनाईएको छ ।
गाउँपालिकामा दमकल रहेकोले तत्कालनै आगलागिस्थलमा दमकल पुगेकोले आगलागि निययन्त्रणमा लिन सकिएको जनाउँदै अध्यक्ष शाहले दमकल नभएको भए अझै धेरै घर खरानी हुने थिए भन्नुभयो । आगलागि लगत्तै प्रहरी र शसस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेर आगलागि नियन्त्रणमा जुटेको थियो ।
हावाहुरीको मौसममा नरैनापुरमा हरेक वर्ष आगलागि हुने गरेकोले नेपालगञ्जबाट दमकल पठाउँदा पुग्न ढिलो हुने र क्षति धेरै हुने गरेकोले सोही गाउँपालिकामा एउटा दमकल राखिएको छ ।
गाउँपालिकाले आगलागि पिडितहरुका लागि तयारी खाना र विद्यालयमा अस्थायी बसोबासको व्यवस्था मिलाउन थालेको पनि पालिकाले जनाएको छ ।
पिडितहरुको सहयोग र राहातका लागि नेपाल रेडक्रस सोसाइटी बाँकेले पनि तत्काल सहयोग गर्ने रेडक्रस सोसाईटी बाँकेले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ