Screenshot_20230425-233103_Facebook
Advertisements

कैलाली । बसन्ता करिडोर अतिक्रमण गरि बनाइएका घर टहरा हटाउने भएको छ ।
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ अन्र्तगत बसन्ता करिडोर अतिक्रमण गरि बनाइएका घर टहरा, व्यापार प्रयोजनका लागि बनाइका पसल खोका हटाउने भएको हो । आइतबार सव डिभिजन वन कार्यालय बसन्ता कैलालीले घर टहरा हटाउनका लागि सात दिने सूचना जारी गरेको छ ।

उक्त सूचना अनुसार पवेरा सामुदायिक सामुदायिक वन समूहको वन(पूर्वमा बुट्किहुवा ताल, पश्चिममा बन्दरगौरी गाउँ, उत्तरमा लाल बालु भुस्किहुवा सामुदायिक वन उपभोक्ता समूह र दक्षिणमा मनकामना प्राथामिक विद्यालय) को चार किल्ला अतिक्रमण गरि बनाइएका घर टहरा र बैजपुरको प्रतिक्षालयको उत्तर पट्टी कटैनी नदिको पुलको दक्षिण पट्टी र हुलाकी सडकखण्डको छेउ छाउमा व्यापार गर्ने प्रयोजनले राखिएका पसल तथा खोकाहरु हटाउने जनाइएको छ ।

साथै वडा नम्बर ७ अन्र्तगत पर्ने बसन्ती सामुदायिक वन उपभोक्ता समूह वन(पूर्वमा बसन्ता सामुदायिक वन उपभोक्ता समूह, पश्चिममा कटैनी नदि, उत्तरमा बैजपुर गाउँ र दक्षिणमा रतनपुर प्राथामिक स्वास्थ्य चौकी केन्द्रको सिमाना) अतिक्रमण गरि बनाइएका घर टहरा र हुलाकी सडक खण्डको छेउछाउमा व्यापार गर्ने प्रयोजनले राखिका पसल खोकाहरु पनि हटाउने भएको छ ।

तोकिएको समयमा घर टहरा नहटाएमा स्थानीय प्रशासनको सहयोगमा अतिक्रमित क्षेत्र खाली गराइने सव डिविजन वन कार्यालय बसन्ताका प्रमुख श्याम सुन्दर माझीले बताए । साथै उनले हटाउन अटेर गर्ने घर धनीहरुलाई तथा व्यवसायीहरुलाई वन ऐन २०७६ बमोजिम कार्वाही समेत गरिने बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ