Screenshot_20230624-154654_Facebook

धनगढी, ९ असार ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका- १० घुम्ती भाकलमा एक आपसमा बस र ट्रक ठोकिएर दुर्घटना हुदा १५ जना घाईते भएका छन् ।

प्रहरीका अनुसार ट्रक चालकको अवस्था गम्भीर रहेको छ । उनको खुट्टा समेत भाँचिएको छ । उनलाई अन्यत्र रिफर गर्न लागिएको  प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फबाट गईरहेको सुपप्र ०१००१ख २७५९ नम्बरको ट्रक र पश्चिम बाट पूर्व तर्फ जादै गरेको म १ ख ९०९ नम्बरको बस एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाईते भएकाहरुलाई ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्रबीर विश्वकर्माको टोलीले उद्दार गरी उपचारका लागि घोडाघोडी अस्पताल पुरयाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आज दिउसो २ : २० मिनेट पहलमानपुरको घुम्ती भाकलमा बस र ट्रक एक आपसमा ठोकिएका हुन् । दुर्घटनामा गाडी चालकहरु समेत घाईते भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ