
लेखक:- साेेा डेमनडाैरा
एकजना बुवा हैरान थिए आफ्नो छोराको व्यवहारले । उनको छोरा हरेक दिन केहि न केहि बदमासी गर्ने गथ्र्यो । हरेक दिन बुवाले सम्झाउने गर्थे, “छोरा छिमेकीले हरेक दिन तिम्रो बदमासीको बारेमा मलाई सुनाउँदा मलाई साह्रै दुःख लाग्छ । तिमी बुझ्ने भैसक्यो । हाम्रो इज्जतको पनि ख्याल गर्नुपर्छ । अब देखि नगर है छोरा ।” छोराले हुन्छ बाबा भन्थ्यो तर अर्को दिन फेरि बदमासी दोहरिन्थ्यो । बुवाले एकदिन फेरि छोराको कोठामा आए र भने, “छोरा अब देखि तिम्रो हरेक एक बदमासीको लागि एक किला गरेर तिम्रो कोठाको ढोकामा ठोक्दै जाने छु । जुन दिन एउटा असल काम गर्छौ त्यो दिन एउटा किला झिकि दिनेछु ।” जसरी छोराले बदमासी गर्दै जान्थ्यो त्यसरी नै बुवाले किला ठोक्दै गए ।
एकदिन उसको छोरा बिस्तरामा पल्टेको थियो । उसको नजर भित्तामा गाडिएको किलामा लाग्यो । उसले धेरै देखेर गन्दा १०० वटा किला रहेछ । उसले मनमनै सोंच्यो कि यो त अति नै धेरै बदमासी भयो म बाट । अब म आफुलाई सुधार्छु । भित्ताको किला बिस्तारै घट्दै गयो । एकदिन पुरै किला नै झिकियो । बुवा खुसी हुँदै आफ्नो छोरालाई सोधे, “छोरा तिमीले धेरै असल काम गर्यो । म साह्रै खुसी छु । भन त तिमीलाई अहिले कस्तो लाग्दै छ ?”
छोराले भन्यो, “किला त सबै उखेलियो । तर किला गाडिएको छाप अझै छँदैछ ।”
पाठः अक्सर गलतीबाट सिकाई हुन्छ तर यस्तो गलती नहोस् कि सामाजिकरुपमा सँधै गलत छाप नबसोस् । इज्जतपूर्ण र सम्मानीत जीवन बनाऔं ।