हसुलिया २५ फाल्गुन। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रले कैलालीका किसानलाई मंगलबार कृषि यन्त्र वितरण गरेको छ । कैलारी गाउँपालिका–५ का किसानलाई ५० प्रतिशत अनुदानमा पावरटिलर, पम्पसेट, र रिफर वितरण गरेको हो । सूर्य बाढ़ीपीड़ित धान ब्लक सञ्चालन समन्वय समिति बैजपुरमा आयोजित एक कार्यक्रमकाबीच भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी र गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले किसानहरुलाई कृषि यन्त्र हस्तान्तरण गरेका हुन ।
मुख्यमन्त्री एकीकृत कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले १७ जनालाई पावर टिलर, २ जनालाई पम्पसेट र ६ जनालाई रिफर दिएको सो गाउँका स्थानीय शेरबहादुर चौधरीले जानकारी दिए । सो अवसरमा मन्त्री चौधरीले प्रदेश सरकारले कृषिमा आधुनिकीकरणका लागि किसानलाई कृषि यन्त्र र कृषि ऋण उपलब्ध गराउने नीति लिएको बताइन् । उनले बीउका लागि भोग्दै आइरहेको समस्या समाधानका लागि किसान आफैले बीउ उत्पादन गर्न आवश्यक रहेको औंल्याइन् । किसानले सरकारबात प्रदान गर्ने सेवा सुबिधाहरु लिएर इमान्दारीपुर्बक कार्य संचालन गर्नुपर्ने आवस्यकता औल्याउनु भयो । यसैगरी, कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीले स्थानीय सरकारलेपनि कृषिलाई प्राथमिकतामा राखेको बताए ।
समितिका अध्यक्ष कालीचरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँका सचिब शुक्रराज चौधरी, कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज जोशी लगायतले बोलेका थिए भने गायिका कविता काब्यले कार्यक्रम संचालन गरेकी थिइन। कार्यक्रममा ज्ञान केन्द्रकै भूमिराज उपाध्याय, इलाका प्रहरी कार्यालयका नारद शिंह धामी, ५ न. वडा सदस्यहरु भागीराम चौधरी, अनारकलि चौधरी, कर्मतारा कृषि सहकारीका अध्यक्ष गणेश चौधरी, युवा नेता परशु चौधरी, कैलाली मत्स्य पालनका मीना चौधरी, किसान ह्याचारी तथा दाना उद्योगका नबीन चौधरी, न्यू प्रशंशा युवा क्लबका हरिचरण चौधरी, भलमनसा लाल्टू राम चौधरी, समिति आवद्ध किसानहरू लगायतको उपस्थिति रहेको थियो ।