158020841_428771811762346_2347177319558690803_n

धनगढी, २५ फागुन । चौथो राष्ट्रिय समाबेशी म्युजिक अवार्डका लागि थारु भाषा तर्फ गायक तथा मोडलहरु मनोनयमा परेका छन् ।
मंगलबार काठमाण्डौंमा भएको एक कार्यक्रमका बिच उहाँहरुलाई मनोनयन भएको प्रमाणा पत्र दिएको हो । उहाँहरुले अभिनय गरेका म्युजिक भिडियो, गीत र अभिनयको आधारमा मनोनयनमा पर्न सफल भएका हुन् । मनोनयमा पर्नेहरुमा गायन तर्फ थारु लोक गायक राजु चौधरी ‘धडकन बनके’, सोमती थारु ‘चाहे कहो मदुवा’ रहेका छन् ।
त्यस्तै मोडलिङ तर्फ थारु नायक तथा मोडल संगत चौधरी ‘खोजटु मै’, सुनिता दहित ‘बाबाके सगरवा’ र समु चौधरी ‘लेहेङ्गा चोल्याम’ रहेका छन् । मनोनयनमा परेका यी पाँच गीत तथा मोडल सिएस प्रालिबाट निर्माण भएको अडियो तथा भिडियो हो ।
मनोनयन भएसंगै उनीहरुले आफूलाई जिताउनका लागि भोटको अपिल गरेका छन् । गायक राजु चौधरीले आफुलाई भोट गरि जिताउनका लागि सम्पूर्ण दर्शक तथा स्रोताहरुलाई अनुरोध गरेका छन् ।
एसएमएस मार्फत यसरी भोट गर्न सकिन्छ ।

गायक राजु चौधरी : धड्कन बनके massege मा गएर NIM >spes >348 type गरि 33001 मा send गर्नु होला । मोडेल संगत चौधरी : खोज्टु मै massege मा गएर NIM >spes >353 type गरि 33001 मा send गर्नु होला । मोडेल सुनिता दहित : बाबाके सगरम massege मा गएर NIM >spes >354 type गरि 33001 मा send गर्नु होला ।

गायक सोमती थारु : बाबाके सगरम massege मा गएर NIM >spes >347 type गरि 33001 मा send गर्नु होला । गायक आनन्द कार्की : खोज्टु मै massege मा गएर NIM >spes >351 type गरि 33001 मा send गर्नु होला । गायक सोमती थारु : चाहे कहो मदुवा massege मा गएर NIM >spes >352 type गरि 33001 मा send गर्नु होला । मोडेल समु चौधरी : लेहेङ्गा चोल्यम massege मा गएर NIM >spes >356 type गरि 33001 मा send गर्नु होला ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ