Screenshot_20220105-061548_Facebook

काठमाडौं, भदौ २२ गते । आगामी तीन दिन नै देशभरको मौसम आंशिकदेखि पूर्ण रुपमा बदली हुनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको मध्यप्रदेश आसपासमा न्यून चापीय प्रणाली बनेकाले नेपालमा मौसम बदली हुनुका साथै वर्षा भएको हो ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार यस प्रणालीले विशेषगरी मध्य नेपालमा अन्य क्षेत्रको भन्दा बढी पानी पार्ने सम्भावना रहन्छ ।

अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उहाँको भनाइ छ । राति कोशी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मध्यम वर्षा हुनेछ भने बाँकी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।

भोलि दिउँसो बागमती, गण्डकीमा मध्यम वर्षा हुनेछ । शनिबार राति गण्डकी, लुम्बिनी र मधेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ।

आइतबार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई स्थानमा मध्यम वर्षा हुनेछ । राति भने कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम र बाँकी प्रदेशमा हल्का वर्षाको सम्भावना छ।

अब मनसुनको अन्तिम महिना भएका कारणले झरी नै पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीको भनाइ छ ।

नेपालमा मनसुन जेठ ३१ गते प्रवेश गरेको थियो । मनसुन आगामी असोज १५ गतेसम्म जारी रहनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ