canser-bal-pic

बाँके, भदौं ३० गते । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा केही दिनमै बाल क्यान्सरको उपचार सेवा सुरु गरिने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बाल क्यान्सर रोगको उपचार अगाडि बढाउने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई बाल क्यान्सरका लागि बिश्व स्वास्थ्य सङ्गठनको साझा हेरचाह केन्द्र (सेयर केयर सेन्टर) को रुपमा तोकेको अस्पताल विकास समितिका अध्यक्ष मल्लले बताउनुभयो ।

अध्यक्ष मल्लले भन्नुभयो, ‘पश्चिम नेपालमा रहेका क्यान्सर भएका बालबालिकाको सहज उपचारका लागि यहाँ उपचार सेवा सुरु गर्न लागेका छौं ।’ अस्पतालमा बाल क्यान्सरको उपचार सुरु गर्न विशेषज्ञ चिकित्सक राख्ने तयारी गरिएको जानकारी दिदै अध्यक्ष मल्लले दशैंअघि नै बाल क्यान्सरको उपचार सेवा अस्पतालमा सुरु गरिने बताउनुभयो ।

हाल अस्पतालमा उपचारका लागि आउने क्यान्सर भएका बालबालिकालाई चितवनलगायतका अन्य क्यान्सर अस्पतालमा रिफर गर्ने गरिएको छ । अस्पतालमा लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट विरामीहरु उपचारका लागि आउने गरेका छन् । तीमध्ये बालबालिका समेत उपचारका लागि आउनेगरेको अस्पताल विकास समितिले जनाएको छ ।

खजुरा क्यान्सर अस्पतालमा पाठेघर, स्तन तथा थाइराईडलगायत शरीरका विभिन्न स्थानमा हुने क्यान्सरको उपचार हुनेगरेको छ । अस्पतालमा आउने जुनसुकैखाले क्यान्सरका विरामीले सहज सेवा प्राप्त गर्न सक्नेगरी बिशिष्टकृत अस्पतालको रुपमा विकास गर्न खोजिएको अस्पताल विकास समितिले जनाएको छ । गोरखापत्र
बाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ